00:00:00
राष्ट्रिय

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि ६३ जनाको ज्यान गएको पुष्टि, १५० बढी धाइते

शनिबार कार्तिक १८, २०८०/ Saturday 11-04-23

तिलोत्तमा ।  जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ६३  जनाको ज्यान गएको पुष्टि भएको छ ।  भूकम्पमा परि १५० भन्दा बढीको ज्यान गएको छ ।  गएराती राति ११ बजेर ४७  मिनेट जाँदा भूकम्प गएको हो । रुपन्देहीको बुटवल र यस आसपासमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५  बजेसम्म प्राप्त विवरणअनुसार ६३ जनाको ज्यान गएको र १५० भन्दा बढी घाइते भएको पुष्टि भएको छ । उद्धारको लागि सुर्खेतबाट मात्रै ६० जनाभन्दा बढी प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो ।

भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया