00:00:00
स्थानिय

तिलोत्तमा १७ को बि.पि. ग्राम सेवा केन्द्र परिषरमा सरसफाइ कार्यक्रम सम्पन्न 

मंगलबार भदौ १७, २०८२/ Tuesday 09-02-25


बिन्दु भट्टराई,तिलोत्तमा १६ असोज ।
तिलोत्तमा १७ मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा १७ को पिपरहियामा अवस्थित सवा ६ बिगाह क्षेत्रफलमा रहेको बि.पि. ग्राम सेवा केन्द्रमा  सोमबार  बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

करिब ३८ वर्ष अगाडि संचालन गरिएको ग्रामको कम प्रयोग भएको भन्दै स्थानीयले पटक पटक गुनासो बढाएपछी पुन सुचारु गर्ने गरि काम अगाडि बढाउन लागिएको बि.पि. ग्रामका अध्यक्ष बिनोद न्यौपानेले जानकारी गराउनुभयो । उहाँले त्यसै अनुरुप यो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ   ।

तर ठूलो क्षेत्रफलमा रहेको बि.पि. ग्राममा राजनीतिकिकरण नगरेर स्थानीय समुदायलाई समेटेर काम गर्नुपर्नेमा स्थानीयको जोडदार माग छ । स्थानीयले ठुलो सपना देखेर बि.पि.ग्राम सेवा केन्द्रको नाममा जग्गा दिनका लागि सहमति गरेको स्थानीय लोकनाथ पाण्डेको भनाई छ । उहाँले यसमा कुनै राजनीति हस्तक्षेप भन्दा पनि पिपरहियावासिको भलाई र सिंगो नगरको हितमा हुनुपर्नेमा समेत जोड दिनुभएकोृ छ । 

त्यस्तै स्थानीय वृद्ध केदारप्रसाद थारुले नमुना गाउँको परिकल्पनाका साथ संचालन गरिएको ग्रामलाई व्यवस्थित गर्न ढिलाई गरिएको भन्दै सरोकारवालाको ध्याकर्षण गराउनुभएको छ । कार्यक्रममा स्थानीय विज्ञान घिमिरे,राजाराम यादव, बिष्णु बस्याल लगायतले यो सरसफाई अभियानले शिघ्र पुन संचालनका लागि झक्झकाउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य ऋषिराम बस्याल,स्थानीय केदार प्रसाद थारु लगायतले सवैलाई अपनत्व हुने गरि काम गर्नुपर्नेमा जोड दिएको सचिव सन्तबहादुर बस्नेतले बताउनुभयो ।
 

तपाईको प्रतिक्रिया