00:00:00
स्थानिय

अपा·ता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्यबारे सुझाव सङ्कलन

बुधबार पौष २, २०८२/ Wednesday 12-17-25

 

तिलोत्तमा,२ पुस

स्कोप फर एसआरएचआर परियोजनाले तिलोत्तमा नगरपालिकामा छलफल चलाएको छ । परियोजनाले तिलोत्तमा नगरपालिकामा अपा·ता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्यको अवस्था,व्यवस्था र आगामी योजनासहित सुझाव संकलन थालेको.हो । कार्यक्रममा मेधा शर्माले स्कोप फर एसआरएचआर परियोजनाको उद्धेश्य र अपा·ता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका विषयमा गर्न सकिने कार्यका विषयमा विशेष छलफल चलाएको बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखाका गोमा आचार्य, स्वास्थ्य शाखाबाट रामप्रसाद ढकाल, अस्मिता शाक्यलगायतले आ–आफना धारणासँगै सुझाव राख्नुभएको थियो ।

परियोजनाले काठमाण्डौ महानगरपालिका,जनकपुर उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा रहेर ३ वर्षसम्म अपा·ता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकारका विषयमा काम गर्ने कार्यक्रम अधिकृत विशाल न्यौपानेले जानकारी दिनुभयो ।  

तपाईको प्रतिक्रिया