00:00:00
स्थानिय

लिटिल प्याराडाइजको स्पोटर््स मिट २०८२ बिहिबार पनि जारी

बिहीबार मङ्सिर ५, २०८२/ Thursday 11-20-25

प्रकाश पाण्डे ।  मंसीर ४ गते । लिटिल प्याराडाइज ईग्लिंश मिडियम स्कुल तिलोत्तमा ७ भलवारीको आयोजना रहेको स्पोटर््स मिट २०८२ बिहिबार पनि जारी रह्यो । विद्यालयको आफ्नै प्रागँण तथा करौजियास्थित खेल मैदानमा बिहिबार स्वीट रेस, स्पुन रेस, पजल रेस, म्याथम्याटिकल रेस तथा १००, २००, ४०० र ८०० मीटर दौडहरु सम्पन्न गरिएको सिनियर शैक्षिक संयोजक नवराज रेग्मीले जानकारी दिए ।

यसैगरि रिले, सटपुट, ज्याभलिंन थ्रो तथा स्लो साइकल रेस लगायतका प्रतियोगिताहरु प्नि बिहिबार नै सम्पन्न गरिएका छन ।,सप्ताहब्यापी खेलकुद कार्यक्रममा फुटवल, भलिबल तथा क्रिकेट लगायतका महत्वपुर्ण खेलहरु समेत समेटिएको जुनियर शैक्षिक सँयोजक सँझना खरेलले बताइन । विद्यालयको बार्षिक खेल कार्यक्रम अन्र्तगत बुधबारबाट खेल सप्ताह शुरु भएको हो ।

बालबालिकाहरुलाई सीपयुक्त शिक्षणमा आवद्ध गराउदै प्रयोगात्मक तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उद्धेश्य सहित आयोजित खेल सप्ताह शुक्रबार पनि जारी रहने छ । विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले एथलेटिक्स लगायत विभिन्न विधामा विद्यार्थीहरुले हाउस वाइज र कक्षागत हिसावले प्रतिस्प्रर्धा गरिरहेको जानकारी दिनुभयो । विद्यार्थीहरुमा अन्तरनिहित क्षमता पहिल्याउन यसखाले कार्यक्रम उपयोगी हुने ज्ञवालीको भनाई छ ।
 

तपाईको प्रतिक्रिया