जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि ६३ जनाको ज्यान गएको पुष्टि, १५० बढी धाइते
तिलोत्तमा । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पमा परि १५० भन्दा बढीको ज्यान गएको छ । गएराती राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो । रुपन्देहीको बुटवल र यस आसपासमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार ६३ जनाको ज्यान गएको र १५० भन्दा बढी घाइते भएको पुष्टि भएको छ । उद्धारको लागि सुर्खेतबाट मात्रै ६० जनाभन्दा बढी प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो ।
भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया