तिलोत्तमा ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोमबार लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । रुपन्देही धरैजसो स्थानहरुमा विहानैदेखि वादल लागिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ । कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन । मधेस प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । भारी वर्षा र मेघ–गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
तपाईको प्रतिक्रिया