00:00:00
राष्ट्रिय

सोमबार लुम्बिनी प्रदेशमा भारी वर्षाको  सम्भावना

सोमबार असार ११, २०८०/ Monday 06-26-23

तिलोत्तमा । 
 हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।  सोमबार लुम्बिनी प्रदेशमा भारी वर्षाको  सम्भावना रहेको छ । रुपन्देही धरैजसो स्थानहरुमा विहानैदेखि वादल लागिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ ।  कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको मौसमविद्ले बताएका हुन ।  मधेस प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । भारी वर्षा र मेघ–गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

तपाईको प्रतिक्रिया