00:00:00
स्थानिय

कपिलवस्तुको वाणगंगा नगरमा  एमालेको अग्रता 

बुधबार जेठ ४, २०७९/ Wednesday 05-18-22

जेठ ४

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा नेकपा एमालेले विजयी र्याली निकालेको छ । विहान प्राप्त वडा नम्बर ९ को नतिजा अनुसार एमाले  विजयी भएको हो । ०७४ सालमा पनि यो वडा जितेको एमालेले  हाल पनि वडामा विजय कायम राखेको छ ।

एमालेका वडाध्यक्षका उम्मेद्वार कमल पौडेलले कांग्रेस  वडाध्यक्ष उम्मेद्वार नारायण  बहादुर  थापालाई वडाध्यक्षमा पराजित गर्नुभएको हो।
पौडेलले ९६ बढी मतको मतान्तरमा थापालाई  हराउनुभएको हो। 
वडा नं ९ मा १ वडाध्यक्ष, १ महिला सदस्य, १ खुला  वडा सदस्य एमालेले जितेको छ भने नेपाली कांग्रेसले १ खुला वडा  सदस्य, १ दलित महिला सदस्य जितेको छ । यसरी वाणगंगा नगरमा हालसम्म  जारी मत गणना अनुसार  एमालेले वडा न २,४,८,९ र १० मा जित  हात पार्न  सफल भएको  छ । नेपाली कांग्रेसले  वडा न १ र ११ मा जितेको छ भने वडा न ३ मा गठबन्धन नेकपा माओवादिले जितेको छ ।

तपाईको प्रतिक्रिया