जेठ ४
कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा नेकपा एमालेले विजयी र्याली निकालेको छ । विहान प्राप्त वडा नम्बर ९ को नतिजा अनुसार एमाले विजयी भएको हो । ०७४ सालमा पनि यो वडा जितेको एमालेले हाल पनि वडामा विजय कायम राखेको छ ।
एमालेका वडाध्यक्षका उम्मेद्वार कमल पौडेलले कांग्रेस वडाध्यक्ष उम्मेद्वार नारायण बहादुर थापालाई वडाध्यक्षमा पराजित गर्नुभएको हो।
पौडेलले ९६ बढी मतको मतान्तरमा थापालाई हराउनुभएको हो।
वडा नं ९ मा १ वडाध्यक्ष, १ महिला सदस्य, १ खुला वडा सदस्य एमालेले जितेको छ भने नेपाली कांग्रेसले १ खुला वडा सदस्य, १ दलित महिला सदस्य जितेको छ । यसरी वाणगंगा नगरमा हालसम्म जारी मत गणना अनुसार एमालेले वडा न २,४,८,९ र १० मा जित हात पार्न सफल भएको छ । नेपाली कांग्रेसले वडा न १ र ११ मा जितेको छ भने वडा न ३ मा गठबन्धन नेकपा माओवादिले जितेको छ ।
तपाईको प्रतिक्रिया