प्रकाश पाण्डे । असोज २६ गते । तिलोत्तमा–८, दीपनगरस्थित जनभावना माध्यमिक विद्यालयले दसैं–तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ शम्भुप्रसाद पराजुली, सहप्रअ जीवन अर्याल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले एकआपसमा टीका लगाउँदै चाडपर्वको शुभकामना साटासाट गरेका थिए । आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान् चाड दसैं तथा तिहारको शुभकामना आदानप्रदान गरेका थिए । जनभावना माध्यमिक विद्यालयको हाताभित्र आयोजित कार्यक्रम लक्ष्मी गौतमको स्वागत र राधा कुँवरको सन्चालनमा सम्पन्न भएको विद्यालयका प्रधानाध्यपकशम्भुप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया