00:00:00
स्थानिय

झरना स्पोट्र्स क्लबको रक्तदानमा ३२ पिन्ट रगत संकलन

आइतबार असोज २५, २०८३/ Sunday 10-11-26

तिलोत्तमा । असोज २५ गते । ‘रक्तदान, जीवनदान’ भन्ने नारासहित झरना स्पोट्र्स क्लब, कुञ्जलापुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ । तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित मगर भवनको प्राङ्गणमा शनिबार सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष धनेन्द्र पौडेलको अध्यक्षता तथा उमा आधारभूत निमाविका निवर्तमान अध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष छत्रबहादुर दर्लामीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सामाजिक क्रियाकलापमा सदैव अग्रसर क्लवको बार्षिक कार्ययोजना अनुसार नै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक तथा कुन्जपार्क रात्रीकालीन उद्यानका अध्यक्ष लोक पुन, कुञ्जटोल विकास संस्थाका संयोजक पदम थापा तथा कुञ्जपार्कका उपाध्यक्ष सङ्गीता गुरुङसँगै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, आमा समूह, क्लबका प्रतिनिधि, समाजसेवी तथा आम कुञ्जलापुरवासीकोे सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी, बुटवलको प्राविधिक सहयोग रहेको कार्यक्रमको सन्चालन क्लवका सदस्य तथा पुर्व क्याप्टेन ओमप्रकाश थापाको सन्चालनमा सम्पन्न भएको थियो । 
 

तपाईको प्रतिक्रिया