समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीको ‘ग्राजुएसन सेरेमोनी–२०२६’
कुल १६० प्रशिक्षार्थी दीक्षित
प्रकाश पाण्डे । असार ३० गते । समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीको आयोजनामा ‘ग्राजुएसन सेरेमोनी–२०२६’ सोमबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा एकेडेमीबाट विभिन्न विधामा तालिम पूरा गरेका १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहका प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै असफलतालाई सफलताको आधारका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जुनसुकै पेशा वा व्यवसायमा पनि सफलता हासिल गर्न इमान्दारिता, निरन्तर अभ्यास र कामप्रतिको समर्पण अपरिहार्य हुने बताउँदै आफूले रोजेको काम रुचिपूर्वक र मनदेखि गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सौन्दर्य तथा हेयर ड्रेसिङ क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै ८४ वर्षीय अग्रज नाई नाथु श्रीवास्तवलाई सम्मान गरिएको थियो । त्यसैगरी, अग्रज सौन्दर्यकर्मीका रूपमा सुशीला श्रेष्ठ तथा उत्कृष्ट पत्रकारका रूपमा भगवती पाण्डेलाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । एकेडेमीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन ठाकुरले सौन्दर्य तथा सीपमूलक शिक्षाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीले हेयर ड्रेसिङ, स्किन, मेकअप तथा नेल्ससम्बन्धी विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विगतका संघर्ष, निरन्तर मेहनत र प्रतिबद्धताका कारण आजको उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय तालिममार्फत स्वरोजगार र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले समृद्धिसँगै हिड्न र लगानीको क्षेत्र बढाउन आफु तयार रहेको बताउनुभयो ।, समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमी मणिग्राम शाखाका सञ्चालक अनिल अर्यालले स्वागत र सञ्चारकर्मी सुमन श्रेष्ठको सन्चालन रहेको कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक, अभिभावक तथा सौन्दर्य व्यवसायसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको गर्नुभएको थियो । समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीले हाल बुटवल, पोखरा, मणिग्राम र बर्दघाटबाट सेवा तथा व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया