तिलोत्तमा १ मा एआई, आईटी तथा बाद्यबादन तालिम सम्पन्न
प्रकाश पाण्डे । बैशाष १२ गते । तिलोत्तमा नगरपालिका वडा न १ ले आयोजना गरेको एआई, आईटी तथा बाद्यबादन सम्बन्धी १५ दिने तालिम शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तिलोत्तमा वडा न १ मा स्थायी रुपमा बसोबास गर्दै आएका बालबालिकाहरुलाई लक्षित गरि आयोजित तालिम र्चैत्र २६ गतेबाट सन्चालन गरिएको थियो ।
वडाअध्यक्ष फर्सुराम गिरिको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको नेतृत्व, ब्यक्तित्व तथा सर्वागीण विकाशमा तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका छन । कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन तथा आयआर्जनमा समेत सरिक गराउदै योग्य र सक्षम बनाउन तालिम फलदायी हुने विश्वास बयक्त गर्नुभयो ।
वहाँले वालबालिका लक्षित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्नुभयो । वडा वाल मैत्री सम्पर्क ब्यक्ति मिलन मगरको स्वागत तथा वाल मैत्री सहजकर्ता रमा थापाको सन्चालन रहेको कार्यक्रममा गितादेवी न्यौपाने, विष्णुप्रसाद पाण्डे, अर्जुन खरेल, बिनोद पाण्डे, रन्जित भण्डारी, भेषराज गैरे, बद्रि अर्याल, रिजन खरेल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया