00:00:00
स्वास्थ्य

राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमा १३ द्धारा खुल्ला रक्तदान कार्यक्रम

शनिबार चैत १४, २०८२/ Saturday 03-28-26

तिलोत्तमा । चैत्र १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमा १३ वडा कमिटीको आयोजनामा सेमरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा २५ पोइन्ट रगत संकलन भएको पार्टीका वडा कमिटी अध्यक्ष विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । रास्वपामा आवद्ध नेता, कार्यकर्ता, पदाधिकारी तथा सदस्य र स्थानीय लगायतले रक्तदान गरेको कार्यक्रममा तिलोत्तमा नगर कमिटी अध्यक्ष रुस्तम कंडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडेलले रक्तअभावका कारण कोही कसैले ज्यान गुमाउनु नपरोस भनेर आयोजना गरिएको कार्यक्रम सबैका लागी प्रेरणादायी र मार्गदर्शन भएको बताउनुभयो ।

वहाँले हरेक वडामा यस्ता कार्यक्रम गर्ने गरि छलफल भैरहेको पनि जानकारी दिनुभयो । नेपाल स्वयंमसेवी रक्तदाता समाज तिलोत्तमा र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा सखिया होम स्टेका अध्यक्ष हरिनारायण चौधरी, टोल सुधारका अध्यक्ष सागर पाण्डे, नेपाल स्वयंमसेवी रक्तदाता समाज तिलोत्तमाका अध्यक्ष सागर पाठक लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक रविन जोशीले जानकारी दिनुभयो । पार्टीका वडासचिव पुन्य प्रसाद सापकोटाको सन्चालन रहेको कार्यक्रममा जेष्ठ नागरिक ९६ बर्षिय रविलाल भुषाललाई सम्मान समेत गरिएको थियो । 
 

तपाईको प्रतिक्रिया