00:00:00
शिक्षा

लिटिल प्याराडाइजमा साँस्कृतिक, पुरस्कार वितरण तथा एसईई दिने विद्यार्थीलाई विदाई

शुक्रबार फाल्गुण ८, २०८२/ Friday 02-20-26

प्रकाश पाण्डे । फाल्गुन ८ गते । रुपन्देहीको तिलोत्तमा–७ भलवारीमा रहेको लिटिल प्याराडाइज इङ्गलिस मिडियम स्कुलमा बुधबार एकैदिन साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा एसईई दिने विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न गरिएको छ । प्राचार्य केएन सागर ज्ञवालीकोे अध्यक्षता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष शान्ति कार्कीले लिटिल प्याराडाइजको शिक्षण विधि आफैमा उत्कृष्ट र उदाहरणीय रहेको बताउनुभयो । वहाँले गुणस्तरीय शिक्षाका लागी विद्यालयले गरेको प्रयासले मुर्तरुप लिदै गएको प्रति खुशी समेत ब्यक्त गर्नुभयो । 

विद्यालयका उपाध्यक्ष थानेश्वर पाण्डे, श्याम घिमिरे, माधव भुर्तेल लगायतको सहभागितामा विद्यार्थी तथा अभिभाभकहरुका लागी विभिन्न विधामा स्कुलले आयोजना गरेको बार्षिक खेल उत्सवमा उत्कृष्ट भएकाहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरि विद्यार्थीहरुले नृत्य, गायन र गीत संगीत मार्फत आ आफ्नो कला प्रस्तुत गरेका थिए । सिनियर शैक्षिक संयोजक शिक्षक नवराज घिमिरेको स्वागत तथा शिक्षक आयुष गुरुङले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । यसैबीच लिटिल प्याराडाईजका एसईई दिने विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरिएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमका बीच विदाई गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई अविर र मायाको चिनो दिएर बिदाई गरिएको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिनुभएको छ । 

विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा समिति संयोजक लेखनाथ पाण्डेले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई प्रगतिको शुभकामना बयक्त गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । रुपन्देही कै शैक्षिक शानका रुपमा स्थापित लिटिल प्याराडाईजका एसईई दिने विद्यार्थीहरु सम्मिलित कार्यक्रमको अध्यक्षता कक्षा ९ मा अध्ययनरत छात्र दिब्य शाहको अध्यक्षता, तथा कल्पित पौडेल र सुकृति पाण्डेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा ९ का छात्रा संस्कृति बस्यालले बिदाई कार्यक्रममा स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा विद्यालयका सहप्राचार्य मोहन थारु, सिनियर शैक्षिक संयोजक नवराज रेग्मी, कक्षा १० का विद्यार्थीहरु स्पर्श पाण्डे, रुबिज्ञा पन्त र खुश्बु शाह लगायतले मन्तब्य दिनुभएको थियो । 
 

तपाईको प्रतिक्रिया