00:00:00
शिक्षा

ज्ञानगंगा बाल महोत्सव २०८२ सम्पन्न

फाल्गुन ७ गते १४ औं बार्षिकोत्सव मुल समारोहको आयोजना
मंगलबार फाल्गुण ५, २०८२/ Tuesday 02-17-26

तिलोत्तमा । फाल्गुन ५ गते । रुपन्देहीको तिलोत्तमा ४ शितलकुन्जस्थित ज्ञानगंगा पाठशालामा “ज्ञानगंगा बाल महोत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ । विद्यालय परिसरमै आयोजित उक्त महोत्सवमा विद्यार्थीहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिनुभयो । विद्यालय सन्चालक समिति अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व विकाश तथा असल अभ्यास र सहकार्यको भावना अभिवृद्धि गर्न कार्यक्रम फलदायी सावित हुने विश्वास ब्यक्त गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन अध्यक्ष लालहरि पाण्डे विद्यार्थी माझ लुकेर रहेका प्रतिभाको खोजी, अतिरिक्त क्षमताको पहिचान तथा प्रयोगात्मक सिकाईलाई ब्यवस्थि गर्न ज्ञानगंगा बाल महोत्सव २०८२ महत्वपुर्ण कडी सावित भएको बताउनुभयो । यसैबीच महोत्सव अन्तर्गत विद्यालयमा अन्य विभिन्न सृजनात्मक तथा शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना प्रतिभा, कला र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाएको प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिनुभयो । वहाँले महोत्सवको विशेष आकर्षणका रूपमा खाना महोत्सव र ट्रेड फेयर समेत आयोजना गरिएको बताउनुभयो । खाना महोत्सवमा विद्यार्थीहरूले आफैं तयार पारेका विभिन्न परिकारहरू प्रदर्शन तथा बिक्री गरेका थिए । यसबाट उनीहरूको पाककला सीपसँगै उद्यमशीलताको व्यावहारिक अनुभव हासिल गर्न मद्दत पुगेको विद्यालयले जनाएको छ ।

त्यसैगरी, ट्रेड फेयरमा विभिन्न शैक्षिक तथा सिर्जनात्मक सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । यसले विद्यार्थीहरूमा व्यवसायिक सोच, व्यवस्थापन क्षमता तथा नवप्रवर्तनशील दृष्टिकोण विकास गर्न सहयोग पुगेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले जानकारी दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि हरि बहादुर क्षेत्री, सल्लाहकार टिकाराम घिमिरे, संन्चालक सदस्य खुमकान्त पौडेल, ज्ञान प्रसाद ज्ञवाली, राजकुमार पराजुली, कृष्ण ब जिसि, देवी वाग्ले, सहप्राचार्य केशवराज पन्थ, तहगत संयोजकहरु कमल थापा, लक्ष्मी जिसि, सबिता जोशी, सम्पुर्ण शिक्षक, शिक्षिका र अभिभावक र विद्यार्थी लगायतको उपस्तिि रहेको थियो । विद्यालयका प्राचार्य चन्द्र अधिकारीको स्वागत तथा शिक्षक कुलचन्द्र पुरीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयले यही फाल्गुन ७ गते १४ औं बार्षिकोत्सव मुल समारोहको आयोजना गर्दैछ । 


 

तपाईको प्रतिक्रिया