कुवँरवर्ती बोर्डिङको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
संस्थागत र सामुदायिक विद्यालय विच समान ब्यवहार गर्न राज्यलाई वक्ताहरुको आग्रह
प्रकाश पाण्डे । फाल्गुन ३ गते । कुवँरवर्ती बोर्डिङ्ग स्कुल तिलोत्तमा ८ प्रदीपनगरको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । विद्यालय स्थापनाको ३५ औं वर्षगाँठका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर विद्यालयले आफ्नो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घघाटन गर्दै प्याब्सन लुम्विनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले ३४ बर्ष अघि विद्यालयको स्थापना भई त्यसको विरासत जोगाइराख्नु चानेचुने कुरा नभएको बताउनुभएको छ । पाण्डेले संस्थागत र सामुदायिक विद्यालय विच समान ब्यवहार गर्नुपर्नेमा राज्यले संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण विभेदकारी भएको बताउनुभयो । उहाँले राज्यको अदुरदर्शी नितिको खण्डन गर्दै सबै शैक्षिक संस्थालाई समान रुपले हेर्नु पर्ने धारणा राख्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालको अध्यक्षता रहेकोे कार्यक्रममा विद्यालयको तर्फबाट प्राचार्य दीपक खनालले विद्यार्थीको क्षमता, चाहना र भावनालाई आत्मसात गर्दै पठनपाठन गराइरहेको बताउनुभयो । वहाँले शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, आगामी योजना तथा चुनौतीहरूको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा तिलोत्तमा नगर युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्याब्सन केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र राना, केन्द्रीय सदस्य यज्ञमुर्ति पाण्डे, तिलोत्तमा वडा न ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, १० का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अयाल, स्टेशनरी ब्यवसायी बालकृष्ण भण्डारी, विद्यालयका पुर्व अध्यक्ष हेमबहादुर मल्ल लगायतको सहभागिता रहेको थियो । बार्षिकोत्सव कै अवसरमा विद्यार्थीहरुले खाना महोत्सव, विज्ञान प्रदर्शनी, साँस्कृतिक कार्यक्रम लगायत रचनात्मक गतिविधिहरु प्रस्तुत गरेका थिए भने शिक्षक युवराज रिमालले बार्षिकोत्सव कार्यक्रमको संचालन गर्नु भएको विद्यालयका प्रवन्ध निर्देशक चन्द्रप्रसाद न्युरेले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया