गीर्वांणमा सम्पन्न तिलोत्तमा स्तरीय मावि छात्र भलिबलको उपाधी शान्तिलाई
प्रकाश पाण्डे । माघ २८ गते । गीर्वाण सरस्वती संस्कृत तथा साधारण मावि तिलोत्तमा ५ मणिग्राममा सम्पन्न सामुदायिक मावि छात्र भलिबल प्रतियोगिताको उपाधी शान्ति नमुना माविले जितेको छ । हीरक महोल्सवको अवसरमा आयोजित तिलोत्तमा स्तरीय ३ दिवसीय छात्र भलिबल प्रतियोगितामा मंगलबार शिवपुर मावि शिवपुरलाई तीन एकको सेटमा हराउदै शान्तिले उपाधी चुम्न सफल भएको हो । तेस्रो स्थानका लागी मंगलबार नै भएको खेलमा आयोजक गीर्वाण माविलाई सोझो सेटमा हराएर जनता मावि मोहनाजोतले तेस्रो स्थान प्राप्त गर्दा आयोजकले चौथो स्थानमा चित्त बुझउनुपर्यो ।
प्रतियोगितामा प्रथम, द्धिप्तिय, तृतीय र प्रोत्साहन स्थान हासिल गरेका विद्यालयहरुलाई नगद ११ हजार १ सय ११ रुपैया, ८ हजार ८ सय ८८ रुपैया, ५ हजार ५ सय ५५ तथा ३ हजार ३ सय ३३ सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक दीपकजंग पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा शान्ति नमुना माविका टिकाराम विश्वकर्मा उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु १५ सय ५ रुपैंयासँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने जनता मावि मोहनाजोतका चन्द्र बहादुर नेपाली वेस्ट सर्भर, शान्ति नमुना माविका पवन परियार उत्कृष्ट डिफेण्डर, शिवपुर माविका विजया दंगोरिया वेस्ट स्पाइकर तथा शान्ति कै गणेश परियारले बेष्ट लिफ्टरको पुरस्कार जिते ।
प्रतियोगिता समापनका अवसरमा बोल्दै नगरका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले गर्नुपर्ने काम गीर्वाण माििवले गरेका भन्दै प्रशंशा गर्नुभयो । वहाँले हीरक महोत्सवको सफलताको कामना पनि गर्नुभयो । विद्यालयका अध्यक्ष यमदत्त सुवेदीको अध्यक्षता तथा प्राचार्य केदारचन्द्र पराजुलीको स्वागत मन्तब्य रहेको कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, विद्यार्थी, खेलाडी तथा अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक कृष्ण प्रसाद पोख्ररेलको सन्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया