00:00:00
खेलकुद

गीर्वाण माविमा तिलोत्तमा स्तरीय मावि छात्र भलिबल सोमबार पनि जारी

उपाधीका लागी मंगलबार शान्ति र शिवपुर मावि भिड्ने
सोमबार माघ २७, २०८२/ Monday 02-09-26

प्रकाश पाण्डे । माघ २६ गते । गीर्वाण सरस्वती संस्कृत तथा साधारण मावि तिलोत्तमा ५ मणिग्रामको आयोजनामा शुरु भएको तिलोत्तमा स्तरीय सामुदायिक मावि छात्र भलिबल प्रतियोगिता सोमबार पनि जारी रह्रयो । हीरक महोल्सव २०८२ को अवसर पारेर आइतबारबाट शुरु भएको ३ दिवसीय छात्र भलिबल प्रतियोगितामा सोमबार दोस्रो चरण तथा सेमिफाइनल खेलहरू सम्पन्न भएका छन् । दोस्रो चरण अन्र्तगत गीर्वाण माविले जनहित माविलाई सोझो दुई सेटमा हराएर सेमीफाइनलमा प्रवेश गरेको थियो । तर सोमबार नै भएको पहिलो सेमीफाइनलमा आयोजक गीर्वाण माविलाई निराश पार्दै शान्ति नमुना माविले सोझो दुई सेटमा जितेर फाइनलमा सिट सुरक्षित गरेको छ । यसैगरि सोमबार नै भएको दोस्रो चरणको दोस्रोृ खेलमा शिवपुर माविले जनज्योति माविलाई दुई एकले हराएर सेमी फाइनलमा सिट सुरक्षित गर्यो ।

सोमबार नै भएको दोस्रो सेटको तेस्रो खेलमा जनता मावि मोहनाजोतले टिकुलीगड माविलाई वाक ओवरमा हराउदै सेमीफाइनलमा प्रवेश पाएको थियो । दोस्रो सेमीफाइनल खेल जनता मावि मोहनाजोत र शिवपुर माविको बीचमा भएको थियो । जसमा शिवपुरले दुई एकको जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा मंगलबार उपाधीका लागी अन्तिम तथा फाइनल खेलमा शान्ति नमुना मावि मणिग्राम र शिवपुर मावि शिवपुर भिड्नेछन भने तेस्रो स्थानका लागी आयोजक गीर्वाण मावि र जनता मावि मोहनाजोत बीच खेल हुने संयोजक दिपक जंग पौडेलले बताउनुभयोे । प्रतियोगितामा प्रथम हुनेले रु ११ हजार १ सय ११, द्धिप्तिय हुनेले ८ हजार ८ सय ८८, तृतीय हुनेले ५ हजार ५ सय ५५ तथा प्रोत्साहन स्थान हासिल गर्ने विद्यालयले नगद रु ३ हजार ३ सय ३३ साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक पौडेलले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया