प्रकाश पाण्डे । माघ २४ गते । रामजानकी शिव मन्दिर मंगलापुर (कुटी) मा जारी महापुराण तथा श्रृगारिक महाआरती २०८२ सम्पन्न भएको छ । माघ १७ गतबाट २३ गतेसम्म चलेको महायज्ञमा कथावाचक पण्डीत चन्द्रकान्त काफ्लेले कथावाचन गर्नुभएको थियो । हजारौंको संख्यामा श्रदालु भक्तजनहरुले यज्ञशाला दर्शन गर्नुको साथै कथा श्रवण र महाआरतीमा सहभागी भै महापुराणको शोभा बढाएको यज्ञ आयोजक समितिले जनाएको छ । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खेमेन्द्र रानाले महायज्ञमा हजारौं श्रदालु भक्तजनको सहभागिता र साथ रहेको भन्दै महायज्ञ सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिनुभएको छ ।
अध्यक्ष रानाले तिलोत्तमा कै गौरवको रुपमा रहेको श्री रामजानकी शिव मन्दिरको जिर्णोद्धार, प्राचिन पोखरीको उचित ब्यवस्थापन र धर्म सस्कृतिको जगेर्ना हेतु महायज्ञ आयोजना गरिएको महायज्ञमा लक्ष्य भन्दा बढी दान संकलन भएको भन्दै खुशी ब्यक्त गर्नुभयो । धार्मिक पर्यटनको केन्द्रका रुपमा चिरपरिचित कुटी र त्यहाँ रहेका कतिपय मन्दिरहरु सयौं बर्ष पुराना रहेको र तिनको संरक्षण गर्नु सबैको दायित्व भएको मन्दिरका पूर्व अध्यक्ष गणेश शर्माको भनाई छ । महापुराण संचालनबाट संकलित रकमले मन्दिर क्षेत्रमा दिब्यधाम तथा पूर्वाधार निर्माणको काम गरिने छ ।
तपाईको प्रतिक्रिया