00:00:00
स्थानिय

ब्रिटिस ग्रामर स्कुलमा ‘बिजिएसआर’ कृयटिभ फेस्ट सम्पन्न

शनिबार माघ २५, २०८२/ Saturday 02-07-26

प्रकाश पाण्डे । माघ २४ गते । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा चौथो कृयटिभ फेस्ट सम्पन्न भएको छ । जिल्ला शिक्षा समन्वय इकाइ रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता तथा विदयार्थी अदनान शेखको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई ४० भन्दा बढी विद्यार्थीले क्रमिक रूपमा सञ्चालन गरेका थिए । विद्यार्थीको पूर्ण नेतृत्व र सहभागितामा सम्पन भाएको यो फेस्टमा विद्यार्थीले लाइभ गीत, नृत्य, आफूले लेखेका पुस्तकको प्रदर्शनी, बनाएका कलात्मक चित्र,  लगायतका पेन्टिङ, बृहत् मार्केट, शैक्षिक कार्यशाला,  रोबोटिक, लट्री, आर्केट, क्याफे, हन्टेड हाउस सहितका आफ्ना मौलिक सृजना प्रस्तुत गर्नुका साथै बजारमा बिक्री गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि पन्थीले विद्यालयले सञ्चालन गरेको यस किसिमका कार्यक्रमले विद्यार्थीमा नेतृत्व र व्यक्तित्व विकास हुने बताउनुभयो । विद्यालयकी निर्देशक पुष्पा कँडेलले विद्यार्थीको सर्वाङ्गीण विकास, नयाँ सोच र चिन्तनको विकास गर्दै पढाइलाई उत्साहित बनाउने उद्देश्यले  आयोजना गरिएको यो कार्यक्रम मोफसलका विद्यालयको पृथक र सफल कार्यक्रम  रहेको दाबी गर्नुभयो । विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले विद्यार्थीको सक्रियता र शिक्षकहरुको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो । फेस्टमा विद्यालयका सह–प्राचार्य महेश पौडेल क्षेत्री अनी, उमेश कंडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
 

तपाईको प्रतिक्रिया