00:00:00
स्थानिय

रामजानकी मन्दिर कुटीमा जारी महायज्ञ शुक्रबार सम्पन्न हुने

महापुराण तथा महाआरतीमा भक्तजनको भिडभाड 
बिहीबार माघ २३, २०८२/ Thursday 02-05-26

तिलोत्तमा । माघ २२ गते । रामजानकी शिव मन्दिर मंगलापुर (कुटी) मा जारी महापुराण तथा श्रृगारिक महाआरतीमा श्रदालु भक्तजनको भीडभाड लागेको छ । यज्ञ समापनको दिन नजिकिदै जाँदा हजारौंको संख्यामा श्रदालु भक्तजनहरु कथा श्रवणसँगै महापुराण तथा महाआरतीमा सामेल भैरहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खेमेन्द्र रानाले जानकारी दिनुभयो । हरेक दिन साँझको समयमा आयोजना भैरहेको श्रृगारिक महाआरतीले सबैको ध्यान खिचेको छ भने मन्दिर परिसरमा रहेको ऐतिहासिक ५ कुने पोखरीमा शुद्ध जल भरेर महाआरतीको लागि तयार पारिएको छ ।

रानाले विभिन्न तीर्थस्थलबाट ल्याइएको जल समेत मिश्रण गरेर पोखरीलाई आर्कषक, सुन्दर र पवित्र बनाइएको छ । पाँच वटा कुना रहेको सो पोखरीको डिलमा हरेक दिन साँझ ७ बजेदेखि ८ बजेसम्म महाआरती आयोजना भैरहेको रानाले जानकारी दिनुभयो । अध्यक्ष रानाले तिलोत्तमा कै गौरवको रुपमा रहेको श्री रामजानकी शिव मन्दिरको जिर्णोद्धार, प्राचिन पोखरीको उचित ब्यवस्थापन र धर्म सस्कृतिको जगेर्ना हेतु महायज्ञ आयोजना गरिएको महायज्ञमा दिनानुदिन लक्ष्ण् अनुसार श्रदालु भक्तजनहरुको सहभागिता बढिरहको भन्दै खुशी ब्यक्त गर्नुभयो ।   माघ १७ गतेबाट शुरु भएको श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ माघ यही माघ २३ गतेसम्म चल्नेछ  ।

श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ मा कथावाचक पण्डीत चन्द्रकान्त काफ्लेले कथावाचन गरिहनुभएको छ । अहिलेको समेत गरि चौथो पटक आयोजना गरिएको महापुराण तथा महाआरती अवधिमा विभिन्न धार्मिक कार्यक्रमहरु भैरहेको पण्डित काफ्लेको भनाई छ । महायत्रमा भक्तजनको इच्छा अनुसार दैनिक यज्ञमण्डप पुजा, ग्रहशान्ति, व्रतबन्ध, लघुरुद्री, तुलादान, लक्ष्यवत्ती तथा सम्पूर्ण कर्मकाण्डीय कर्महरु भैराखेको छ । धार्मिक पर्यटनको केन्द्रका रुपमा चिरपरिचित कुटी र त्यहाँ रहेका कतिपय मन्दिरहरु सयौं बर्ष पुराना रहेको र तिनको संरक्षण गर्नु सबैको दायित्व भएको मन्दिरका पूर्व अध्यक्ष गणेश शर्माको भनाई छ । महापुराण संचालनबाट प्राप्त हुने आर्थिक रकमले मन्दिर क्षेत्रमा दिब्यधाम तथा पूर्वाधार निर्माणको काम गरिने छ भने महापुराण अवधिभर हुने धार्मिक गतिविधिमा सहभागी हुन तथा दानवीर दाताहरुलाई दैनिक अवलोकन गरिदिनु हुन मन्दिर ब्यवस्थापन समितिले सबैमा आग्रह गरेको छ । 
 

तपाईको प्रतिक्रिया