00:00:00
खेलकुद

गीर्वाण माविको खेल महोत्सव 

माघ २८ गते आन्तरिक तर्फको छात्र छात्रा भलिबल हुने
बिहीबार माघ २३, २०८२/ Thursday 02-05-26

प्रकाश पाण्डे । माघ २२ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित गीर्वाण सरस्वती सँस्कृत तथा साधारण माबिको खेल महोत्सव बिहिबार पनि जारी रह्यो । खेल महोत्सवको तेस्रो दिन हाइजम्प, लङ्गजम्प, एथलेटिक्सतर्फ १०० तथा २०० मिटरका दौड, छेलो फ्याक्ने,  भाला फ्याक्ने, स्लो साइकल रेस, लगायतका विभिन्न खेलकुदहरु सम्पन्न गरिएको छ । खेल सँयोजक शिक्षक दीपकजँग पौडेलले दिनुभएको जानकारी अनुसार लङ्गजमको ६–७–८ सम्मको छात्र तथा छात्रा, कक्षा ९–१२ तर्फको छात्र र छात्रा लङ्गजम सम्पन्न भएको गरिएको छ भने हाइजम्प तर्फ कक्षा ९ देखि १२ सम्मको छात्रतर्फको मात्र्र खेलहरु सम्पन्न भएका छन ।

यसैगरि बिहिबार नै तिलोत्तमा ८ स्थित ज्योतिनगर खेल मैदानमा छात्रछात्राका लागी ४०० मिटरको दौड कक्षा ६ देखि ८ सम्म, ४०० मिटरको दौड ९ देखि १२, सम्म छात्र छात्रा – तीन खुट्टे दौड कक्षा ६ देखि ८ सम्म छात्र छात्रा – तीनखुट्टे दौड कक्षा ९ देखि १२ सम्म छात्र छात्रा – तिनखुट्टे दौड ४ र ५ का छात्र छात्रा –चम्चा दौड ४ र ५ का छात्र छात्रा – गंगटे दौड– कक्षा ४ र ५ का छात्र छात्रा तथा स्लो साइकल रेस ४ र ५ कक्षाको खुला प्रतियोगिता पनि सम्पन्न भएको छ ।

यस्तै नर्सरी केजी र कक्षा १,२ र ३ का विभिन्न खेलकुद कार्यक्रम विद्यालयकै प्राङ्गणमा सम्पन्न भएको खेल सँयोजक दीपक जँग पौडेलले जानकारी दिनुभयो । खेलकुद महोत्सवका विषयमा जानकारी दिदै विद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले ग्रासरुट लेवलका विद्यार्थीहरुको खोजी गर्ने र तिनिहरुलाई नियमित प्रशिक्षण दिई सही ढँगबाट उत्कृष्ट खेलाडीको रुपमा तयार पार्ने मुल उद्धेश्य सहित विद्यालयले खेल महोत्सवको आयोजना गरेको जानकारी उद्धघाटन सत्रमा जानकारी दिनुभएको थियो । खेलकुद कै क्रममा आन्तरिक तर्फ छात्र छात्रा भलिबल प्रतियोगिता यही माघ २८ गते हुनेछ भने माघ २५ गतेदेखि २७ गतेसम्म विद्यालयको हीरक महोत्सवको अवसर पारेर तिलोत्तमा अन्तर माध्यमिक तह सामुदायिक विद्यालय नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सञ्चालन गरिने छ । 
 

तपाईको प्रतिक्रिया