न्यु इन्भाइरन्मन्ट अग्रेजी माविमा सांस्कृतिक कार्यक्रम
३२ औं वार्षिकोत्सव ३ दिनसम्म मनाइदै
तिलोत्तमा । माघ १८ गते । रुपन्देहीको तिलोत्तमा वडा नं. ५ मणिग्रामस्थित न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा आइतबार विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ३२ औं वार्षिकोत्सवको अवसर पारी कार्यक्रम आयोजना गरिएको विद्यालय सन्चालक समिति अध्यक्ष नेत्र वनले जानकारी दिए । वनका १८, १९ र २० गते गरि ३ सम्म विद्यालयले ३२ औं वार्षिकोत्सव मनाउने कार्ययोजना अनुरुप विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
आइतबार कक्षा २ देखि १० सम्मका विद्यार्थीको सहभागितामा विविध सांस्कृतिक सहितको नृत्य कार्यक्रम आयोजना गरिएको थियो । जसअनुसार कक्षा २ देखि कक्षा ५ सम्मका विद्यार्थीको सहभागितामा आयोजित सांस्कृतिक कार्यक्रम विद्यार्थी अष्सन अर्यालको अध्यक्षता, प्रास्ना घिमिरेको सञ्चालन तथा विविशा काफ्लेको स्वागतमा सम्पन्न भएको थियो । विद्यार्थीहरुले विभिन्न भेषभुषा, पहिरन, रितिरिवाज र संस्कृतिमा आधारित रही कलात्मक नृत्य लगायतका कार्यक्रममा आफनो कला प्रस्तुत गरेका विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिए ।
यस्तै कक्षा ६ देखि १० सम्मको सांस्कृतिक कार्यक्रम बाल क्लवकी अध्यक्ष तृप्ति थापा मगरको अध्यक्षता, प्रान्जु अर्यालको सञ्चालन तथा करिश्मा न्यौपानेको स्वागतमा भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए । उद्धभाटन सत्रमा विद्यालयका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपाने, प्रचार्य मधुप्रकाश ज्ञवाली, सहप्राचार्यद्धय ध्रुव खरेल, पदम बहादुर राना लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया