00:00:00
शिक्षा

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले चौथो कृयटिभ फेस्ट गर्दै

मंगलबार माघ १४, २०८२/ Tuesday 01-27-26

तिलोत्तमा ।  माघ १३ गते।  ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही ( नमस्ते एकडेमीमा )  माघ २४ गते  शनिबार एक दिवशीय कृयटिभ फेस्ट हुने भएको छ ।  showing the creativity  भन्ने मूल नाराका साथ विद्यार्थीका विभिन्न क्षेत्रमा  रहेको सृजनशीलतालाई प्रस्फुटन  गर्ने उद्देश्यका  साथ विभिन्न विषयका तेर विधाको महोत्सव  हुने  विद्यालयले जनाएको छ । हरेक विद्यार्थीमा फरक फरक किसिमको  सृजनशीलता हुन्छ  ।

यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो ।\ कार्यक्रममा मूलत विद्यार्थीको यो कार्यक्रममा मूलत विद्यार्थीको सृजनशीलताको प्रदर्शनी  हुने छ। मुल रुपमा कृयटिभ फेस्टमा आर्ट एक्जिबेशन , आर्केड एण्ड  एट्रेक्सन , क्राउड डिपार्टमेन्ट , ई स्पोर्ट्स  , गायन तथा नृत्य, नाटक  प्रहसन , खाना महोत्सव  ,हेल्थ एण्ड  सेफ्टी ,हन्टेड हाउस ,क्याफे , प्राइमेरी फेस्ट , रोबोटिक र नर्शरी रहनेआर्ट इभेन्ट  म्यानेजर  विद्यार्थी  रिसिमा खनाल र नित्या पाण्डेले बताए ।

यो  यस क्षेत्रको ऐतिहासिक  कार्यक्रम  भएकाले सम्पूर्ण  क्षेत्रबाट साथ र सहयोगको अपेक्षा  गरिएको  आर्केट एण्ड एट्रयाक्सन   म्यानेजर विद्यार्थी  शुलभ पौडेल , ज्याकी खान र सुशान्त शर्मा लेजानकारी दिए । कृयटिभ फेस्ट कृयसनको प्रस्फुटन  मात्रै  नभएर विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासको महत्त्वपूर्ण  कडी हो तसर्थ शैक्षिक अभियान्ता ,  व्यापारिक घराना , उद्योगी  व्यावसायी र शिक्षा प्रेमीलाई यो महत्त्वपूर्ण  कार्यक्रममा  आफ्नो शैक्षिक पहिचान बनाउन , यश क्षेत्रलाई शैक्षिक हब बनाउन तथा  व्यापार  व्यावसायको प्रबर्द्धन  गर्न सक्दो स्पोन्सनसिप गरिदिनु हुन पर्फमेन्स म्यानेजर श्रेयस रञ्जन दास , आरुषी गुरुङले  सबै क्षेत्रका शिक्षाप्रेमीलाई आह्वान  गरे ।

यसै गरि यो फेस्टलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न विद्यार्थीलाई जिम्मेवारी दिइएको छ ।  फुट फेस्ट म्यानेजन आइसा श्रेष्ठ , नसिब भुसाल , राजदीप घिमिरे र अदनान शेख रहेका छन भने हेल्थ एण्ड सेफ्टी म्यानेजरका रुपमा सारिका चौरासियार अनुष्का खाती , हन्टेड हाउस म्यानेजर आश्रय गुप्ता र, सुशान्त चापागाईं , मार्केटिङ म्यानेजर कृषभ थापा र एन्जल मगर , क्याफे म्यानेजर सरुण केसी , विष्णु यादव र पुष्कर कसौधन , लट्री म्यानेजर सुरायु भट्टराई , प्रशुन बज्राचार्य , रोबोटिक्स म्यानेजर असिम राना , अनुज घिमिरे र डिजाइन एण्ड डेकोरेसन म्यानेजर विद्या ढकाल , जन्नत खान , अंशु पोखरेल रहेका छन् ।

कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीको सक्रिय  सहभागी हुने यो एक दिवसीय  फेस्ट पूर्णरूपमा  मौलिक , सृजनशील र पृथक हुने भएकाले सबैले जिम्मेवारी  अनुसार भूमिका निर्वाह गरि भव्य  र सभ्य बनाउनलाग्नु पर्ने  + २ संयोजक दीपक पोखरेल  , शैक्षिक सहप्राचार्य  महेश पौडेल क्षेत्री र विद्यालयका प्रशासनिक सहप्राचार्य  उमेश कँडेलले  बताए । कृयटिभ फेस्ट मूलत विद्यार्थीको नेतृत्व , आइडिया र व्यवस्थापनमा सञ्चालन  हुने मोफसलको  एक मात्रै  कार्यक्रम  हो। यसले विद्यार्थीमा आलोचनात्मक  चेतको विकास गरि  समस्या  समाधान , उद्यमशीलता ,लेखन र भाषण कलाको विकास ,जिम्मेवार  र उत्तरदायी  व्यक्तित्व  र सामुहिक सीपको भावना विकास गराउने जानकारी विद्यालयकी निर्देशक पुष्पा कँडेलले व्यक्त गरिन। 

ब्रिटिस ग्रामर स्कुल रुपन्देही  नेपालको सबैभन्दा  ठूलो शैक्षिक  घराना ब्रिटिस एजुकेसन  ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय  स्तरको विद्यालय हो। यो विद्यालयका भगिनी शैक्षिक  संस्थाहरु चितवन , पोखरा , काठमाडौ  , दुबई  , क्यानाडा  र बेलायतमा रहेको  छ । यस किसिमको अद्वितीय  कार्यक्रम  हेर्न रुपन्देही  जिल्ला र बाहिरका शैक्षिक  प्रतिष्ठान  , संघ संस्था , व्यापारिक घराना , अभिभावक  , विद्यार्थी  , शिक्षासँग सरोकार  राख्नुहुने पत्रकार  , शिक्षाविद्  सबैमा हार्दिक  निम्तो  गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र  कुँवरले सगौरव जानकारी  दिए।

तपाईको प्रतिक्रिया