न्यु इन्भाइरन्मन्ट अंग्रेजी माविको खेल सप्ताह मंगलबार पनि जारी रहने
प्रकाश पाण्डे । माघ १३ गते । विद्यार्थी लक्षित न्यु इन्भाइरन्मन्ट अंग्रेजी मावि तिलोत्तमा ५ मणिग्रामको बार्षिक खेल सप्ताह कार्यक्रम मंगलबार पनि जारी रहने छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा अतिरिक्त क्रियाकलापमा अब्बल ब्नाउने उद्देश्यसहित आयोजना गरिएको खेल सप्ताहमा सोमबार एथलेटिक्स सहितका विभिन्न प्रतिस्प्रर्धामा विद्यार्थीहरुले उत्साहप्रद सहभागिता जनाएका छन ।
कक्षा पिजिदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई खेलकुदका भिन्न भिन्न विधामा सरिक गराइएको प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । विद्यालयका इसिए इन्चार्ज यमकली कवँर मगरले सोमबार ४००, ८००,मिटर दौड, रिले दौड, हाइजम्प, ट्रिपलजम्प लगायतका विधामा ज्योतिनगर खेल मैदानमा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेको जानकारी दिनुभयो । कक्षा ६ देखि १२ सम्मका छात्र छात्राहरु प्रतिस्प्रर्धामा सरिक भएको शिक्षिका कवँरको भनाई छ ।
यसैगरि चपरहट्टीस्थित खेल मैदानमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले खेलकुदका विभिन्न विधामा सहभागिता जनाएका छन । विद्यालयका सहायक प्राचार्य ध्रुव खरेलले विद्यालयको ३२ औं बार्षिकोत्सवको पुर्वसन्ध्यामा सिपिएस क्याम्प, खेल सप्ताह, रक्तदान, खाना महोत्सव, विविध साँस्कृतिक लगायतका कार्यक्रमहरु आयोजना गरिएको बताउनुभयो । सोमबार नै विद्यालय हाताभित्र पुर्व प्रावि तहका नानीबाबुहरुले विभिन्न रमाइला तथा बौद्धिक खेलहरुमा प्रतिस्प्रर्धा गरेको विद्यालयले जनाएको छ । खेल सप्ताह मंगलबार पनि जारी रहनेछन ।
तपाईको प्रतिक्रिया