00:00:00
शिक्षा

जनभावना मावि तिलोत्तमा–८ दीपनगरको ३५ औं बार्षिकोत्सव सम्पन्न

शनिबार माघ ११, २०८२/ Saturday 01-24-26

तिलोत्तमा । माघ १० गते । जनभावना माध्यमिक विद्यालय तिलोत्तमा–८, दीपनगरको ३५ औं बार्षिकोत्सव एवं छात्रबृत्ति वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जनभावना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षता तथा तिलोत्तमा ८ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले जनभावना माविलाई थप ब्यवस्थित र नमुना विद्यालय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा व्यवसायिक शिक्षालाई अंगाल्नु फलदायी हुने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानाध्यापक शंम्भु प्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका हरसंभव प्रयत्न गरिरेहेको बताउनुभयो । सो अवसरमा रु ४२ हजार बराबरको अक्षयकोषबाट २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कार्यक्रममा अक्षयकोषदाता हुमबहादुर केसी र संरक्षक तथा वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गर्नुभएको थियो । शिक्षिका राधा कुवँरले सन्चालन गर्नुभएको कार्यक्रममा शिक्षिका लक्ष्मी गौतमले स्वागत मन्तब्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया