न्यु इन्भाइरनमण्ट मावि मणिग्राममा अभिभावक अभिमुखिकरण कार्यक्रम
प्रकाश पाण्डे । माघ ८ गते । तिलोत्तमा नगरपालिका वडा न ५ मा रहेको न्यु इन्भाइरनमण्ट मावि मणिग्राममा जारी २ दिवसीय अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाहलमा बुधबार र बिहिबार गरि २ दिनसम्म आयोजना गरिएको कार्यक्रममा कलर गीत, सिजन गीत, कुहिने र नकुहिने फोहोर छुठ्ठाउने तरिका, अभिवादन गीत, क्यालेण्डर गीत, कम्युनिटी हेल्परस तथा ब्यवहारिक क्रियाकलापहरु, चन्द्रबिन्दु लागेका शब्दहरुसँग सम्बन्धित गीत र उँट शिर्षकमा विद्यार्थीहरुलाई कथा भन्न लगाइएको थियो । विद्यालयले बुधबार कक्षा नर्सरी र एलकेजीमा अध्ययनरत विद्यार्थीहरुलाई सिपिएस क्याम्पमा सरिक गराएको थियो भने बिहिबार युकेजीमा अध्ययनरत विद्यार्थीहरुलाई क्याम्पमा सरिक गराइएको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।
वहाँले बालबालिकाको सर्वांगीण विकाशका लागी विद्यालयले खेलेको भुमिकाबारे प्रष्ट पार्नुभएको थियो । विद्यार्थीहरुलाई सरल र सहज ढंगबाट प्रयोगात्मक विधिबाट अध्ययन अधयापन गराउने विद्यालयको लक्ष्य अनुरुप आयोजित कार्यक्रम प्रभावकारी भएको अभिभावकहरुको भनाई छ । कार्यक्रममा विशिष्ट अतिथि लेखक तथा बाल मनोबिज्ञानविद् पुजा शाहले बाल मनोबिज्ञान सम्बन्धि संवेदनशील र महत्वपुर्ण विषयमा ब्यवहारिक र प्रेरणादायी प्रस्तुति दिनुभएको थियो । विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पुर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यार्थीद्धय फिजा अन्सारीले पन्चशिल, प्रविर ज्ञवालीले वेदमन्त्र वाचन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य कक्षा युकेजीमा अध्ययनरत विद्यार्थी अनुभव भण्डारीले दिनुभएको थियो । कार्यक्रमको सन्चालन शिक्षिका भगवती न्यौपानेले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया