00:00:00
खेलकुद

अन्तरपालिका स्तरीय दोस्रो रिभरसाइड रेडबुल कराँते च्यापियन्ससिप २०८२ शुरु

बुधबार माघ १, २०८२/ Wednesday 01-14-26

तिलोत्तमा  । पौष ३० गते । अन्तरपालिका स्तरीय दोस्रो रिभरसाइड रेडबुल कराँते च्यापियन्ससिप २०८२ शुरु भएको छ । तिलोत्तमा १६ हरपुर गोरकटवाको खेल मैदानमा बुधबार आयोजित प्रतियोगितामा विभिन्न तौल समुहका खेलाडीहरुले कराँतेका विभिन्न विधाहरुमा प्रतिस्प्रर्धा गरेका थिए । रिभरसाइड युथ क्लवको आयोजना रहेको च्यापियन्ससिप अन्र्तगत बुधबार १० वटा इभेन्ट्सहरुमा प्रतिस्प्रर्धा गराइएको थियो । प्रतियोगितामा बिहिबार पनि विभिन्न तौल समुहमा प्रतिस्प्रर्धा हुनेछ । यसअघि उद्धभाटन सत्रमा बोल्ने वक्ताहरुले माघी पर्वको अवसर पारी क्लवले हरेक बर्ष आयोजना गर्ने खेलकुद लगायतका कार्यक्रमले समाजमा सकरात्मक उर्जा प्रवाह गर्ने बताएका थिए ।

क्लवका अध्यक्ष दिवस थापाको अध्यक्षता एवं रेडबुल एरिया इन्चार्ज यादव खनालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य नरु छन्तेल, सँतोष सिंह, तिलोत्तमा नगर खेलकुद विकाश समिति संयोजक लोक पुन, खुम बहादुर थापा, अर्जुनराज उपाध्याय, शुक बहादुर नेपाली, जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजी राना, कराँते महासंघका केन्द्रिय सदस्य प्रेम बहादुर राना, जिल्ला रेफ्री संयोजक तथा राखेप कोच उमेश थापा, कराँते महासंघका रुपन्देही उपाध्यक्ष बुद्ध बहादुर महर्जन, तिलोत्तमा आमा समुहका अध्यक्ष पवित्रा भट्टराई लगायतको सहभागिता रहेको कार्यक्रमको सन्चालन क्लवका सहसचिव निर्मल भण्डारीले गर्नुभएको थियो । क्लवले बिहिबार माघी पर्वको अवसरमा राष्ट्रिय लोकदोहोरी कलाकार सहितको विविध साँस्कृतिक माघी मेलाको आयोजना समेत गर्दैछ । 
 

तपाईको प्रतिक्रिया