सेभेन ए साइड लुङ्गी फुटवलको उपाधी कल्याणकारी आमा समुहलाई
कुन्जटोल आमा समुह द्धिप्तिय र सिर्जनशील आमा समुह तेस्रो
प्रकाश पाण्डे । रुपदेहीको तिलोत्तमा नगरपालिका वडा न ९ ले आयोजना गरेको सेभेन ए साइड लुङ्गी फुटवल प्रतियोगिता २०८२ को उपाधी कल्याणकारी आमा समुहले जितेको छ । आइतबार शंकरपुरमा आयोजना गरिएको अन्तिम तथा फाइनल खेलमा कुन्जटोल आमा समुहलाई ० का विरुद्ध १ गोलले हराउदै उपाधी चुमेको कल्याणकारी आमा समुहले पुरस्कार स्वरुप नगद रु २५ हजार, कप, मेडल र प्रमाणपत्र जितेको छ ।
यसैगरि उपविजेता मै चित्त बुझाएको कुन्जटोल आमा समुहले नगद रु २० हजार सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा तेस्रो भएको सिर्जनशील आमा समुहले नगद रु १५ हजार सहित कप, मेडल र प्राप्त गर्यो । प्रतियोगितामा प्रथम, द्धिप्तिय र तृतीय हुने टोलीलाई वडाध्यक्ष ध्रुव न्यौपाने, नेपाली राष्ट्रिय महिला टोलीका सदस्य गीता राना मगर तथा नगर खेलकुद विकास समिति संयोजक तथा जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले पुरस्कार वितरण गर्नुभएको वडासदस्य लभसन गुरुगँले जानकारी दिनुभयो ।
यसअघि शुक्रबारबाट शुरु प्रतियोगितामा कुल १६ टोली सहभागी थिए । समुह क र ख गरी २ समुहमा विभाजन गरि खेलाइएको प्रतियोगिता ३ दिनसम्म चलेको थियो । प्रतियोगिता समापनका दिन आइतबार वडा न ९ र ११ का ४० बर्ष माथिका पुरुष तर्फको मैत्रीपुर्ण खेल आयोजना गरिएको थियो भने विधागत तर्फ उत्कृष्ट हुनेहरुलाई पनि आइतबार नै पुरस्कार प्रदान गरिएको छ ।
तपाईको प्रतिक्रिया