00:00:00
स्थानिय

तिलोत्तमा नगरस्तरीय हाजिरीजवाफमा सिर्जनशील वडा बाल सन्जाल प्रथम

सोमबार पौष २८, २०८२/ Monday 01-12-26

तिलोत्तमा । पौष २८ गते । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारी तिलोत्तमा वडा न ५ मा आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिर्जनशील वडा बाल सन्जाल प्रथम भएको छ भने चेतनशील वडा वाल सन्जाल द्धिप्तिय, वाटिका वडा वाल सन्जाल तृतीय र आनन्दवन वडा वाल सन्जालले प्रोत्साहन स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम, द्धिप्तिय, तृतीय र प्रोत्साहन स्थान हासिल गर्ने टोलीले नगद रु ७ हजार, ५ हजार, ३ हजार र २ हजार र प्रमाणपत्र प्रदान गरिएको वडा सदस्य हरि पन्तले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका वडा न ५ अन्र्तगत वालमैत्री स्थानीय शासन समितिद्धारा आयोजित प्रतियोगितामा विभिन्न वडा वाल सन्जालका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम द्धिप्तिय, तृतीय  र प्रोत्साहन स्थान हासिल गर्नेहरुलाई वडाध्यक्ष रमेश डुम्रेको रोहवरमा पुरस्कार वितरण गरिएको थियो । यसअघि कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै मेयर रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाले बालमैत्री कार्यक्रमहरु गर्दै आएको. र बोद्धिक, नैतिक, सामाजिक तथा खेलकुद मार्फत बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न निरन्तर विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

जनप्रतिनिधीहरु हरि पन्त, धर्मादेवी न्यौपाने, हिरा गिरी डायमण्ड, विभिन्न टोल विकाश समितिका पदाधिकारी, आमा समुहका सदस्य, क्लवका प्रतिनिधी  लगायतले मन्तब्य दिनुभएको कार्यक्रममा प्रमिला सुनारको स्वागत तथा वडा सचिव हरि खतिवडाले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । कार्यकम तिलोत्तमा ५ मणिग्राममा रहेको न्यु इन्भाइरनमण्ट माविमा आयोजना गरिएको थियो । 
 

तपाईको प्रतिक्रिया