00:00:00
अर्थ/वाणिज्य

साना किसान कृषि सहकारी करहियाको २१ औ साधारण सभा तथा सातौ अधिवेशन

आइतबार पौष ६, २०८२/ Sunday 12-21-25

प्रकाश पाण्डे । पौष ६ गते । साना किसान कृषि सहकारी संस्था करहियाको २१ औ साधारण सभा तथा सातौ अधिवेशनले सकुन्तला सुनारी मगरको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा लिला कुमारी भट्टराई, सचिवमा सुशिला पौडेल, कोषाध्यक्षमा टिका तिमिल्सिना चयन हुनुभएको छ ।

यस्तै  सदस्यहरुमा सुभावती थारु, सुभकला क्षेत्री, अनिता चौधरी, कमला थापा शिला चौधरी चयन हुनु भएको छ । अधिवेशनले लेखा समिति संयोजकमा संचिता सिंह र सदस्यहरुमा उषा क्षेष्ठ एवं गिता पंगेनीलाई चयन गरेको छ ।

अधिवेशनमा संस्थाका निवर्तमान अध्यक्ष झुपा न्यौपानेले सहकारीको साखलाई बचाईराख्न नयाँ नेतृत्वलाई आग्रह गर्दै यसमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । सहकारी अभियन्ता सुकदेव न्यौपानेले सहकारी संस्थाहरुका मालिक सदस्यहरु भएकाले चनाखो हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारीमा रहेका जेष्ठ नागरीक, असल सदस्य लगायतहरुलाई सम्मान गरिएको व्यस्थापक शिवा पौडेलले जानकारी दिउनुभयो ।
 

तपाईको प्रतिक्रिया