हिसानको जिल्लास्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता
प्रकाश पाण्डे । पौष ६ गते । हिसान जिल्लास्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा मणिग्राममा सम्पन्न भएको छ । वर्तमानमा सामाजिक संजालको महत्व, चुनौती र निकास विषयक वक्तृत्वकलामा प्रिया गुप्ता बानिया प्रथम, र हुनुभएको छ भने रबिन अधिकारीले प्रोत्साहन स्थान प्राप्त गनुृभएको छ ।
प्रतियोगितामा गुप्ताले नगद ८ हजार द्वितीय निहारिका ज्ञवालीले ६ हजार , तृतिय प्रियंङ्का पन्थीले ४ हजार ट्रफि र प्रमाण पत्र प्राप्त गनूृभएको छ भने र रबिन अकिकारी प्रोत्साहन स्थान स्थान हासिल गर्दै नगद रु २ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनुभएको छ ।
हिसानका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्यायको उपस्थितिमा पुरस्कार प्रदान गरिएको प्रतियोगिताको उद्घाटन सत्रमा कार्यक्रम संयोजक मधुप्रकाश ज्ञवालीले हिसान रुपन्देहीका विद्यार्थीको पहिचान र प्रतिभा प्रस्फुटनका लागी कार्यक्रम गरिएको बताउनुभएको थियो ।
हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपाने, हिसान जिल्ला सदस्य राजेन्द्र कुवँर, विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपाने, लगायतको सहभागिता रहेको कार्यक्रममा निर्णायक डिल्लिराज भट्टराई, स्थानेश्वर बश्यालले विद्यार्थीहरुको वाक कला क्षमताको प्रतिस्प्रर्धा हुने बक्तृत्वकला प्रतियोगिता समयसापेक्ष र उपयोगी भएको बताउनुभएको थियो ।
तपाईको प्रतिक्रिया