00:00:00
अर्थ/वाणिज्य

जनउत्थान बचत तथा ऋण सहकारीको २० औँ वार्षिक उत्सव सम्पन्न

आइतबार पौष ६, २०८२/ Sunday 12-21-25

प्रकाश पाण्डे । पौष ६ गते । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक उत्सव सम्पन्न भएको छ । शनिबार मणिग्राम सेवा केन्द्र सहित रुपन्देही जिल्लाभर छरिएर रहेका १० वटै सेवा केन्द्रको बार्षिक उत्सव एकसाथ सम्पन्न गरिएको जनउत्थान सहकारी संस्थाका ब्यवस्थापक रनबहादुर थापाले जानकारी दिनुभयो । यसैबीच जनउत्थान मणिग्राम सेवा केन्द्रले तिलोत्तमा ९ मंगलापुरस्थित राम जानकी सभाहलमा आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोतमा नगरप्रमुख रामकृष्ण खाणले सहकारीले समाजमा गरिबी न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । खाडले सहकारीहरू आर्थिक कारोबारमा मात्र सीमित नभई महिलाको नेतृत्व विकास, व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतना बृद्धिमा समेत अग्रसर हुनुपर्ने बताउनुभयो । 
मणिग्राम सेवा केन्द्रका संयोजक सीता पाण्डेकोे अध्यक्षता रहेको कार्यक्रममा “जेष्ठ सेयर सदस्यहरूको नजिकको साथी जनउत्थान सहकारी” भन्ने नाराका साथ मणिग्राम सेवा केन्द्र अन्तर्गत ७० वर्ष नाघेका ९६ जना जेष्ठ सेयर सदस्यहरूलाई दोसल्ला तथा मायाको चिनोले सम्मान गरिएको छ । यसैगरि १० जोड २ र स्नातक तहमा अध्ययनरत, ८० जना विद्यार्थीहरूलाई विभिन्न सूचकका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनउत्थान सहकारी मणिग्राम सेवा केन्द्रका प्रमुख जोग थापाले जानकारी दिनुभयो । सहकारीले कृषि क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले सात वा सो भन्दा बढी बाख्रा पालन गर्ने सेयर सदस्य कृषकहरूलाई बिना ब्याज २० हजार रुपैयाँ ऋण उपलब्ध गराउने घोषणा गरेको छ । साथै आमा समूह तथा टोलविकास संस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँच हजार रुपैयाँ राखी खाता खोल्ने संस्थालाई सहकारीले थप पाँच हजार रुपैयाँ खातामा जम्मा गरिदिने नीति समेत सार्वजनिक गरिएको गरेको । बार्षिक उत्सवमा सहकारीको वार्षिक कारोबारका आधारमा अधिकतम सुरक्षित पुँजीकोष प्राप्त गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो भने सहकारी सम्बन्धी प्रश्नोत्तर कार्यक्रममा सही उत्तर दिने चार जना सदस्यहरूलाई पनि पुरस्कृत गरिएको छ । कुल ४१ ह्जार २०० बढी शेयर सदस्य आबद्ध संस्थाको कुल सम्पत्ति ४ अरब ६४ करोड, शेयर पुँजी २९ करोड २० लाख, बचत ३ अरब ६२ करोड र कुल ऋण लगानी ३ अरब ४२ करोड रहेको संस्थाका उपाध्यक्ष सरु रानाले जानकारी दिनुभयो । यसैगरि जगेडा कोषमा ४१ करोड १८ लाख रहेको रानाको भनाई छ । मणिग्राम सेवा केन्द्रका उपसमिति सदस्यद्धय बिनिता पौडेलको सन्चालन र रामेश्वर ढकालको स्वागत रहेको कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
 

तपाईको प्रतिक्रिया