तिलोत्तमा स्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा जनभावना मावि प्रथम
प्रकाश पाण्डे । पौष १ गते । तिलोत्तमा नगरस्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा जनभावना माविले प्रथम स्थान हासिल गरेकोे छ । आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा जनभावना माविले प्रथम स्थान हासिल गर्दै रु १५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको विद्यालयका प्राचार्य शम्भु प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
तिलोत्तमाका सामुदायिक विद्यालयहरुले भाग लिएको प्रतियोगितामा गीर्वाण माविले द्धिप्तिय, पशुपति मावि तृतीय, शंकरनगर दुर्गादत्त मावि सान्त्वना र टिकुलीगढ माविले प्रोत्साहन भई नगद र प्रमाणपत्र हासिल गरे । सो अवसरमा सबै विद्यालयको तर्फबाट बोल्दै शंकरनगर दुर्गादत्त माविका प्राचार्य चण्डी प्रसाद पाण्डेले पहिलो पटक सामुदायिक स्कुलका बालबालिकालाई समेटेर छुट्टै प्रतिस्प्रर्धा आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिनुभयो ।
तपाईको प्रतिक्रिया