बुटवलमा अपाङ्गता र समावेशी विकाससम्बन्धी क्षमता विकास तालिम सुरु
तिलोत्तमा÷बिन्दु भट्टराई,२९ मंसिर
अपाङ्गता समन्वय समिति एवम् सरोकारवालाहरूका लागि आयोजित दुई दिने अपाङ्गता र समावेशी विकाससम्बन्धि क्षमता विकास तालिम बुटवलमा सुरु भएको छ । नेत्रहीन महिला सङघ नेपालको आयोजनामा सञ्चालित तालिममा सहजकर्ता सरिता लामिछनेले अपाङ्गता भएका व्यक्तिहरूबिचको विविधता,समस्या,चुनौती तथा अवसरका विषयमा सहजीकरण गर्नुभएको थियो ।
सङ्घका रुपन्देही उपाध्याक्ष समिता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सुद्धोदन गाउँपालिकाका उपप्रमुख शान्तिदेवी ज्ञवालीले संविधानले सुनिश्चित गरेको अधिकार सबैलाई प्रत्याभुत हुनपर्ने उल्लेख गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूका हक अधिकारका विषयमा नेत्रहीन महिला सङ्घ बलियो आधार भएको दावी गर्नुभयो ।
नेत्रहीन महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष सकुन्तला पोख्रेलको स्वागत र समावेशिताको सहजीकरण एवम् लक्ष्मी पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा सुद्दोदनका र तिलोत्तमाका कर्मचारी ,अपाङ्गता अधिकारकर्मी साबित्रा घिमिरे, अपाङ्गता भएका व्यक्तिहरू ,रेडियो मुक्तिका स्टेसन प्रमुख कल्पना तिवारी, रेडियो लुम्बिनीका स्टेसन प्रमुख बिन्दु भट्टराई लगायतको सहभागिता रहेको थियो । तालिम मंगलबार सम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया