00:00:00
अर्थ/वाणिज्य

दोस्रो शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सवको तयारी पूरा

मेला यही मंसिर २४ देखि पौष ६ गतेसम्म चल्ने
सोमबार मङ्सिर २३, २०८२/ Monday 12-08-25

प्रकाश पाण्डे । मंसीर २२ गते । दोस्रो शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव ०८२ को तयारी पूरा भएको छ । \शुद्धोधन उद्योग बाणिज्य संघ, शुद्धोधन रुपन्देहीले सोृमबार पत्रकार सम्मेलनको आयोजना गरी यही मंसिर २४ देखि पौष ६ गते सम्म चल्ने मेलाको तयारी पूरा भएको जनाएको हो ।

मेला मुल आयोजक समितिका अध्यक्ष लालमणी श्रेष्ठले स्थानिय उत्पादनको प्रबद्र्धन, कृषि, पशुपालन, तरकारी, खाद्यान्य, फलफूल, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताउनुभयो ।

शुद्धोधन–४ फर्साटिकरमा आयोजना हुने महोत्सवमा शुद्धोधनका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरुको प्रचार प्रसार गरिने संघका महासचिव विष्णु पंगेनीको भनाई छ ।

संघका उपाध्यक्ष तथा मेला संयोजक कृष्णप्रसाद सुवेदीले महोत्सवको माध्यमबाट स्थानिय बस्तुको प्रचारका साथै छपियाको माछालाई थप प्रबद्र्धन गर्न सकिने गरी आफुहरु लागि परेको बताउनुभयो ।

करीब ३ लाख दर्शक अपेक्षा गरिएको महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार हुने अपेक्षा राखिएको संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
 

तपाईको प्रतिक्रिया