00:00:00
स्वास्थ्य

तिलोत्तमामा स्वास्थ्य स्वयमसेविका सम्मान तथा मानसिक स्वास्थ्य अभिमुखिकरण 

नगरका १७ स्वयमसेविकाहरु सम्मानित
आइतबार मङ्सिर २२, २०८२/ Sunday 12-07-25

प्रकाश पाण्डे । मंसीर २१ गते । २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसमा तिलोत्तमामा सम्मान तथा नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण सम्पन्न गरिएको छ । तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा  भएको कार्यक्रममा प्रत्येक वडाका एक एक जना गरी १७ स्वयमसेविकाहरुलाई सम्मान गरिएको  तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाँडले महिला स्वास्थ्य स्वयमसेविकाहरु नगरकै मेरुदण्ड भएको बताउनुभयो ।

तिलोत्तमामा शिशु, बाल तथा महिला मृत्यदरमा कमी आउनुमा स्वास्थ्य स्वयमसेविकाको  महत्वपूर्ण   भूमिका रहेको बताउनुभयो । तिलोत्तमा नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले स्वास्थ्य स्वयमसेविकाहरुको योगदानका कारण तिलोत्तमामा क्षेत्रमा आमुल परिवर्तन आएको बताउनुभयो । साथै वहाँले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत स्वयमासेविकाहशरुको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । सामाजिक विकाश समिति संयोजक रवि सेन्चुरीले महिला स्वास्थ्य स्वयमसेविकाहरुको योगदानलाई मध्यनजर राख्दै तिलोत्तमा नगरपालिकाले ३० हजार दिँदै आएको पारिश्रमिक बढाएर ६० हजार पु¥र्याएको बताउनुभयो ।

कार्यक्रममा आनन्दवन स्वास्थय चौकीका चिकित्सक डा प्रतिमा बस्याल, तिलोत्तमा नगरक्षेत्रभित्रका महिला स्वास्थस्वयमसेविका, वडास्तरमा रहेका स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्य शाखा इन्चार्ज, कर्मचारी लगायतको सहभागिता रहेको  थियो । कार्यक्रममा मानसिक स्वास्थ्य तथा नसर्ने रोग लगायथका विषयमा मनोपरामर्श विशेषज्ञ यशोदा बगालेले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको नगरपालिका स्वास्थ्य शाखा अधिकृत रामप्रसाद ढकालले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य अधिकृत लक्ष्मी घिमिरेले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया