00:00:00
खेलकुद

भलवारीमा तेस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता 

शनिबार मङ्सिर २१, २०८२/ Saturday 12-06-25

प्रकाश पाण्डे । मंसीर २० गते । तिलोत्तमा वडा न ७ को आयोजना तथा भलवारी ब्याडमिन्टन क्लवको सहआयोजक रहेको १ दिवसीय तेस्रो वडाअध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार तिलोत्तमा ७ दुर्गा मन्दिर प्रागँणमा आयोजिना गरिएको प्रतियोगितामा वडा भित्रका कुल २८ वटा टीमको सहभागीता रहेको थियो । सहभागी टोलीहरुलाई समुह ए बी र सी गरि ३ समुहमा विभाजन गरि खेलाइएको प्रतियोगितामा समुह ए बाट नरकुमार छन्तेल र रुक बहादुर थापाको समुह प्रथम भए ।

यसैगरि हिरा बहादुर पुन र विनु थापाको समुह द्धितिय हुदाँ समुह बी बाट गोबिन्द सुनारी तथा जीवन सिंजालीको टोली प्रथम अनि अल्विन पुन तथा मन्दिप पुनको टोलीले दोस्रो स्थान प्राप्त गरे । यसैगरि समुह सी बाट अशोक पुन र विश्वास थापाको टोली प्रथम भए भनें डम्बर बहादुर थापा र भीम पुनको टोलीले दोस्रो स्थान प्राप्त गरे । प्रतियोगिताका विजयी टाीमलाई नगद, शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको भलवारी ब्याडमिन्टन क्लवका अध्यक्ष केएन सागर ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष देवीप्रसाद पंगेनीले खेलकुदलाई जीवन्त राख्न वडाले खेल मैत्री निति लिएर अघि बढिरहेको बताउनुभयो । वहाँले खेलकुदको माध्यामबाट भाइचारा, सद्भाव र एकता अभिवृद्धि गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले नगरले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वहाँले खेलमार्फत प्रतिभा प्रस्फुटन हुनुका साथसाथै स्वस्थ्य जीवनयापनमा पनि मद्दत पुग्ने बिचार ब्यक्त गर्नुभयो । 

वडाअध्यक्ष देवी प्रसाद पंगेनीको अध्यक्षता तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा अतिथिहरु वडा सदस्य ग्णेश भण्डारी तथा शोभाकान्त ढकाल, भलवारी ब्याडमिन्टन क्लवका अध्यक्ष केएन सागर ज्ञवाली, टोल विकास सञ्जाल अध्यक्ष ताराबहादुर गुरुङ, मायादेवी टोल विकास संस्थाका अध्यक्ष टेकनारायण ढकाल, वर्गदवा टोल विकास संस्थाका अध्यक्ष नारायण पंगेनी, बालमैत्री सहजकर्ता विकास सुनार लगायतको सहभागिता रहेको थियो । खेलकुदमार्फत स्वास्थ्य, मैत्री र एकता बढाऔँ! भन्ने मुल नारासहित आयोजित कार्यक्रमको सञ्चालन क्लबका सचिव दिपेन्द्र रानाले गर्नुभएको थियो ।
 

तपाईको प्रतिक्रिया