न्यु इन्भाइरनमण्टमा जिल्लास्तरीय गितार तथा ब्याण्ड प्रतियोगिता
प्रतियोगितामा एभरेष्ट बोर्डिगँ स्कुल प्रथम
तिलोत्तमा । मंसीर २० गते । प्रथम न्यु इन्भाइरनमण्ट ब्याण्ड च्याम्पियनसीप २०२५ को उपाधी एभरेष्ट बोर्डिगँ स्कुलले प्राप्त गरेको छ । न्यु इन्भाइरनमण्ट अंग्रेजी मावि मणिग्राममा आयोजित अन्तर विद्यालय जिल्लास्तरीय गितार तथा ब्याण्ड प्रतियोगितामा पश्चिमान्चल बोर्डिगँ स्कुलले द्धितिय स्थान प्राप्त गर्दा न्यु होराइजन बोर्डिगँ स्कुलले तृतीय र लुम्बिनी वल्र्ड स्कुलले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान प्राप्त गरेका विद्यालयहरुलाई शुक्रबार नै नगद रु १० हजार, ६ हजार, ४ हजार र ३ हजार नगद सहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ ।
विद्यार्थीहरुमा अन्तरनिहित अतिरिक्त क्रियाकलापको प्रस्फुटन, ब्यक्तित्व र नेतृत्व विकाशका लागी आयोजित प्रतियोगितामा रुपन्देही जिल्लाभरिका कुल १५ विद्यालयले सहभागिता जनाएको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । न्यु इन्भाइरनमण्ट गितार क्लवका अध्यक्ष जिया हमालको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा युरो किड्स बोर्डिगँ स्कुलले बेष्ट भोकलविष्ट, न्यु होराइजन बोर्डिगँ स्कुलले वेष्ट वेस गितारिष्ट, एभरेष्ट बोर्डिगँ स्कुलले वेष्ट लिड गितारिष्ट, न्यु इन्भाइरनमण्ट गल्र्सले वेष्ट रिदम गितारिष्ट, न्यु होराइजन बोर्डिगँ स्कुलले वेष्ट ड्रमर, देवदह बोर्डिगँ स्कुलले वेष्ट परस्युननिष्ट र युरो किड्स बोर्डिगँ स्कुलले वेष्ट किवोर्डिष्टको उपाधी जितेको ज्ञवालीले बताउनुभयो ।
विद्यार्थीह आरुसी घिमिरेले पन्चशिल तथा प्रविर ज्ञवालीले वेदमन्त्र उच्चारण गरि शुरु भएको कार्यक्रममा अतिथिहरु विद्यालयका प्रवन्ध निर्देशक हरिप्रसाद न्यौपाने, समिति सदस्यहरु, प्राचार्य, सहप्राचार्यहरु, संयोजकहरु, कार्यक्रम संयोजक, गितार कोच लगाउतको सहभागिता रहेको थियो । न्यु इन्भाइरनमण्ट अंग्रेजी माविका प्राचार्य मधुप्रकाश ज्ञवालीको स्वागत तथा विद्यार्थीहरु प्रान्जु अर्याल र जानवी थापाको सन्चालन रहेको कार्यक्रममा स्वागत गीत, स्वागत नृत्य र गणेश नृत्य लगायतका साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।
तपाईको प्रतिक्रिया