00:00:00
शिक्षा

लिटिल प्याराडाइजमा स्पोटर््स मिट २०८२ शुरु

बिहीबार मङ्सिर ५, २०८२/ Thursday 11-20-25

प्रकाश पाण्डे । माघ २३ गते । लिटिल प्याराडाइज इङ्गलिस मिडियम स्कुल तिलोत्तमा ७ भलवारीमा स्पोटर््स मिट २०८२ शुरु भएको छ । पठनपाठनका अलावा खेलकुदमा समेत विद्यार्थीहरुलाई अब्बल बनाउने उद्धेश्यसहित बुधबारबाट शुरु गरिएको स्पोटर््स मिटको एक कार्यक्रमका बीच प्रमुख अतिथि एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीतु बौडेलले उद्धघाटन गरे । सो अवसरमा बोल्दै बौडेलले अतिरिक्त क्रियाकलाप अन्र्तगत खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनौट गर्न स्पोटर््स मिट फलदायी हुने विश्वास ब्यक्त गरे ।

विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै तिलोत्तमा वडा न ७ का कार्यबहाक अध्यक्ष गणेश भण्डारीले विद्यार्थीहरुमा रहेको आन्तरिक तथा बौद्धिक क्षमता मापनका लागी खेलकुद कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले पठनपाठनका अलावा विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत आफुलाई अब्बल बनाउदै लगेको भन्दै प्रशंशा गरे ।  मंसीर ६ गतेसम्म चल्ने स्पोटर््स मिटमा बुधबार कविता तथा वादविवाद प्रतियोगिता, स्पीच, हट पोटयाटो, म्युजिकल चेयर, चित्रकला र दौड लगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन ।

स्पोटर््स मिटमा एथलेटिक्ससँगै विभिन्न विधामा विद्यार्थीहरुले सक्रिय सहभागीता जनाएको जुनियर दशैक्षिक सँयोजक सँझना खरेलले बताइन । खेल कार्यक्रममा समुहगत रुपमा ४ सदनले प्रतिस्प्रर्धा गर्दैछन । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुन, गोविन्द शर्मा बस्याल, सुरेन्द्रराज ज्ञवाली, सहप्राचार्य मोहन थारु, सिनियर लेखापाल सुस्मा हमाल पुन लगायतको सहभागिता रहेको थियो । कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रममा विद्यार्थी अनुराग गौतमको स्वागत तथा सन्चालन सिनियर शैक्षिक संयोजक नवराज रेग्मीले गरेका थियो । 
 

तपाईको प्रतिक्रिया