समपुर्ण फुटवलमा न्यु युथ युनियनलाई हराउदै कपिलवस्तु ११ सेमीफाइनलमा
मंगलबार अन्तिम क्वाटरफाइनल लिस्नु कोटिहवा र सिम्रिक भिड्ने
प्रकाश पाण्डे । र्मसीर १ गते । चौथो समपुर्ण कपको तेस्रो क्वाटरफाइनलमा न्यु युथ युनियन पाल्पालाई १ का विरुद्ध ३ गोलले हराउदै कपिलवस्तु ११ चौथो समपुर्ण कप नकआउट फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । समपुर्ण युवा क्लव तिलोत्तमा १४ सुपौलीद्धारा आयोजित प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सोमबार पाल्पाको तर्फबाट जर्सी न १२ का सन्तोष कार्कीले ११ औँ मिनेटमा २ खेलाडीको बीचबाट बल निकाल्दै खेलमा पहिलो गोल गर्नुभयो । लगत्तै खेलको २३ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कपिलबस्तु ११ ले स्कोर बराबरी बनायो । कपिवस्तुका लागी पेनाल्टी मार्फत जर्सी न ८ का आयुष रानाले बराबरी गोल गर्नुभएको थियो ।
पहिलो हाफ एक एक को बराबरीमा टुगिँएको खेलमा कपिलवस्तु ११ ले दोस्र्रो हाफमा भने थप २ गोल गर्न सफल भयो । पाल्पाका गोलकिपर गोविन आले घाइते भई मैदान छाडेको फाइदा उठाउदै कपिलवस्तुका लागी दोस्रो हाफको १० औ मिनेटमा जर्सी न ७ का रोम बुढा तथा खेलको २४ औ मिनेटमा जर्सी न १४ का सुन्दर पल्लीले हेड मार्फत आर्कषक गोल गरि स्कोरलाई तिन एकको स्थितिमा पुर्याउदै जित सुनिश्चित गरेका थिए । उत्कृष्ट खेल प्रर्दशन गरेका कपिलवस्तुका क्याप्टेन निम बुद्ध थापा खेलमा नगद रु ३ र ट्रफी सहित म्यान अफ दी म्याचको पुरस्कारबाट पुरस्कृत हुनुभयो ।
मंगलबार दिउँसो ठिक ३ बजे अन्तिम क्वाटरफाइनलमा गत बर्षको विजेता टोली सिम्रिक युवा क्लव र लिस्नु युवा क्लव कोटिहवा बीच खेल हुने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिनुभयो । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट शुरु भएको चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्ने छ । समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा सुपौली स्थित क्लवको आफ्नै खेल मैदानमा जारी प्रतियोगितामा कुल १२ टोली सहभागी छन भने प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया तथा उपविजेताले नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिनुभयो ।
यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सयका दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो । खेल हेर्न पहिलो चरणमा रु ५० रुपैयाँ तथा क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० टिकट तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताउनुभयो । जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क रहेको प्रतियोगितामा खेलाडीहरुको रु १ लाख बराबरको इन्सुरेन्स गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया