परमानन्द बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा
बिन्दु भट्टराई । कार्तिक २३ गते । परमानन्द बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । शनिबार तिलोत्तमा ५ नयाामीलमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा खरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म भएका प्रगती र आगामी योजनाका बिषयमा जानकारी गराउभएको थियो । खरेलले हल्लाको पछाडी नलागी अन्यत्र देखिएको समस्याबाट शिक्षा लिदै समाधानको बाटोमा लाग्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेले सहकारीले कृषि उद्यम, उत्पादन, पारस्परिक लगानीमैत्री बातावरण लगायतका क्षेत्रमा लगानी गरे सहकारीको उद्धेश्य पुरा हुने बताउनुभयो । सहकारीले स साना ब्यवसायिक तथा औद्योगिक क्षेत्रमा लगानी बढाउन सके बिदेशिनु पर्ने बाध्यता हटेर जाने जिकिर गर्नुभयो । बिशिष्ट अतिथि पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सहकारीमा सदस्यहरुको चासो घट्नुको कारण सहि रुपमा कार्यसम्पादन नहुनु प्रमुख कारण भएको उल्लेख गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष पार्वती भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा लेखा संयोजक टोपलाल पाण्डेले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मातृका प्रसाद ज्ञवाली, राजकुमार पाण्डे लगायतले सहकारीमा तरलता थुप्रिएको र लागानीको वातावरण बन्न नसकेकोप्रति चिन्ता ब्यक्त गर्दै राज्यले दायित्व लिनुपर्ने बताउनुभयो । सभामा एस एल सि (प्लस टु) मा उत्कृष्ट अंक ल्याउने ३ जना साथै संस्थापक व्यवस्थापक चिरन्जिबी बस्याल र निवर्तमान कार्यालय सहयोगीलाई समेत सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया