00:00:00
स्वास्थ्य

न्यु इन्भाइरनमण्ट माविद्धारा २ दिने निःशुल्क दन्त शिविर

बुधबार कार्तिक २०, २०८२/ Wednesday 11-05-25

प्रकाश पाण्डे । साउन १६ गते । न्यु इन्भाइरनमण्ट मावि तिलोत्तमा ५ मणिग्रामले २ दिने निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । विद्यार्थीहरुको दाँत मुख र गिजाप्रति स्वस्थ सचेतना जगाई जागरुक बनाउने उद्धेश्य सहित युसिएमएस भैरहवाको प्राविधिक सहयोग तथा न्यु इन्भाइरनमण्ट माविको आयोजनामा बुधबार विद्यालय परिसरमा दन्त शिविरको आयोजना गरिएको हो ।

शिविरको उद्धघाटन सत्रमा बोल्ने बक्ताहरुले विद्यालयले हरेक बर्ष निःशुल्क दन्त शिविरको आयोजना गरेर पुन्यको काम गरेको बताएका छन । नेत्रलाल बनको अध्यक्षता रहेको उद्घाटन सत्रमा प्रमुखअतिथि तथा विद्यालयका प्रबन्ध निर्देशक हरि न्यौपाने र प्राचार्य मधुप्रकाश ज्ञवालीले शुभकामना मन्तब्य दिनुभएको थियो । बुधबार कक्षा नर्सरी देखि ५ सम्मका विद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण सम्पन्न गरिएको छ भने बिहिबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको दन्त परिक्षण गरिनेछ ।

सो अवसरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट आएका दन्त चिकित्सक सहितको टोलीले दाँत, मुख र गिजाको चेकजाँच गर्दै सही ढंगले नियमित सरसफाई गरे दाँत सम्बन्धि गंभीर खाले स्वास्थ्य समस्याबाट बच्न सकिने बताएका छन् । साथै चिकित्सकहरुले दाँत, मुख र गिजामा गंभीर समस्या भए तत्काल चिकित्सककोमा जान परामर्श समेत दिएका छन । शिविरमा आएका चिकित्सक एवं प्राविधिकहरुले थप उपचार आवश्यक रहेका विद्यार्थीहरुलाई पहेलो कार्ड वितरण गर्दै एक महिनाभित्र युसिएमएस गए उपचारमा विशेष छुटको ब्यवस्था गरिएको जानकारी बताएका छन ।
 

तपाईको प्रतिक्रिया