दोभान कृषि बहुउद्धेश्यीय सहकारी तिनाउ ३, पाल्पाको १७ औं साधारण सभा
तिलोत्तमा । असोज १२ गते । दोभान कृषि बहुउद्धेश्यीय सहकारी संस्था तिनाउ ३ ,पाल्पाको १७ औं बार्षिक साधारण सभा तिनाउ– २, गणेश महिला समुहको भवनमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष सन्तोष सेरचनले पेश गर्नु भएको प्रतिबेदन तथा प्रस्ताव र लेखा समिति सयोजक शिब पाण्डेले पेश गर्नु भएको लेखा प्रतिबेदन सभाले सर्वसम्मत पास गरेको छ ।
संस्थाका ज्येष्ठ शेयर सदस्य चिरन्जिबी घिमिरेको प्रमुख आतिथ्य रहेको साधारण सभामा उद्यमी किसान जानुका थापा, सिता भट्टराई, मनमाया चिदी, जित बहादुर थापा, लाल बहादुर आलेलाई सम्मान गरिएको छ । त्यसैगरी डेरी व्यवस्थापक बिक्रम कुमाल, सस्थापक अध्यक्ष चोपलाल गिरी, उपाध्यक्ष्य मालमती थापालाई कदर पत्र सहित मायाको चिनाले सम्मान गरिएको छ ।
बाल बचतकर्ताहरु मध्ये गोलाप्रथाबाट छनौट भएकालाई पुरस्कृत गरेको सभाले सहकारिले सचालन गर्दै आएको कृषि उद्यमशीलता प्रबद्र्धन र शेयर धनी कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताब स्वीकृत गरेको छ । सहकारीले किसानको हक हितमा पैरवी र वकालत गर्ने, पालिका, बिभिन्न संस्थासंग समन्वय गरि कृिष कार्यक्रम सँचालन गर्ने, सहकारी आफैले कुटानी पिसानी मिल, उद्यमशीलता बिकास जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।
दशै तिहारमा हुने खसी बोकाको बिक्री बितरणमा सहयोग गर्ने र अभिलेख राख्ने योजना पनि सहकारीले बनाएको छ । कार्यक्रममा बोल्ने बक्ताले सहकारीले लिएका उद्देश्यहरू कृषि उपज, कृषक क्षमता विकास, प्रर्वद्धन तथा बजारीकरणमा जोड दिनुपर्ने सुभावहरू गरेका थिए । लेखापरीक्षक राम प्रसाद पौडेलले सहकारीको बित्तीय पक्ष बलियो बन्दै गएको भन्दै सुधार गर्नु पर्ने क्षेत्र र नितिगत ब्यबस्था बारे प्रशिक्षण दिनु भएको थियो । संस्थाका अध्यक्ष सन्तोष सेरचनको अध्यक्षता तथा उपाध्यक्ष साबित्रा पाण्डेको स्वागत र सचिव बिष्णु पाण्डेको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया