तिलोत्तमा ९ निवासी दुर्गा प्रसाद पाण्डेद्वारा निःशुल्क बिरुवा वितरण
तिलोत्तमा । साउन २८ गते । तिलोत्तमा नगरपालिका–९ ज्ञानोदय टोलका बासिन्दालाई लक्षित गरि समाजसेवी दुर्गा प्रसाद पाण्डेको लागतमा निःशुल्क रुपमा बिरुवा वितरण गरिएको छ । तिलोत्तमा ९ निवासी पाण्डेले पटक पटक गरि टोलका ७५ घरधुरीलाई औषधीय गुण भएका तथा वास्तुशास्त्रीय दृष्टिले महत्त्वपूर्ण मानिने बिरुवाहरू वितरण गर्नुभएको हो ।
तिलोत्तमा नगरपालिका र लायन्स क्लब अफ तिलोत्तमा स्टारको सहजीकरणमा आँप, अमला, निम, अम्बा, मायारुधुपी, अल्मेरिया फूल लगायतका विभिन्न प्रजातिका विरुवाहरु वितरण गरिएको पाण्डेले बताए । बिरुवा हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय जिवलाल अधिकारीले सामाजिक कार्यमा दुर्गा प्रसाद पाण्डेको अग्रसरता महत्वपुर्ण रहेको बताए सोही टोल निवासी समाजसेवी एवं जेष्ठ नागरिक रघुनाथ पाण्डेले यस्ता सामाजिक कार्यहरूले आत्मीयता, सदाचार र भाइचारा विकाशमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै असल संस्कारको विकासमा समेत योगदान पु¥याउने बताए ।
विरुवा वितरण पछि प्रतिकिैया दिदै पाण्डेले वितरण गरिएका बिरुवाहरुले हरियाली प्रर्वद्धनमा टेवा पुर्याउने तथा वातावरण संरक्षणमा समेत योगदान पुग्ने विश्वास लिएको बताए । साथै, बिरुवा वितरण कार्यले टोलबासीमा खुशी र सकारात्मक ऊर्जा प्रवाह गरेको आफुले पाएको पाण्डेको बुफाई छ ।
तपाईको प्रतिक्रिया