00:00:00
स्थानिय

जेसिआई तिलोत्तमाको जेसिज सप्ताह शुरु

सोमबार रक्तदान र निशुल्क सुगर जाँच
आइतबार श्रावण २६, २०८२/ Sunday 08-10-25

प्रकाश पाण्डे । साउन २५ गते । जेसिआई तिलोत्तमाको जेसिज सप्ताह शुरु भएको छ । जेसिआई तिलोत्तमाको बार्षिक कार्यक्रम अन्र्तगत आईतबारबाट जेसिज सप्ताहको शुरुबात गरिएको कार्यक्रम संयोजक जेसि दीपेन्द्र जिसिले जानकारी दिनुभयो । आइतबार मणिग्राममा तिलोत्तमा जेसिजको कार्यालय उद्धघाटनको अवसर पारेर जेसिज सप्ताहका विषयमा जानकारी गराइएको हो ।

कार्यालय उद्धघाटन गर्दै प्रमुख अतिथि एवं तिलोत्तमा जेसिजका संस्थापक अध्यक्ष जेसिआई सिनेटर बिनोद ढकालले जेसिआई तिलोत्तमाले आयोजना गरेको जेसिज सप्ताह सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै बर्ष २०२५ का अध्यक्ष जेसिआई सिनेटर प्रकाश न्यौपानेले साताब्यापी कार्यक्रम अन्र्तगत सोमबार मणिग्रामचोकमा बृहत रक्तदान र निशुल्क सुगर जाँच आयोजना गरिएको बताउनुभयो ।

यसैगरि मंगलबार निशुल्क दाँत तथा आँखा परिक्षण शिबिर, बुधबार अटिजम सम्बन्धि सचेतना कार्यक्रम, बिहिबार गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, शुक्रबार मानसिक स्वास्थ्य सचेतना कार्यक्रम र शनिबार अन्तर शाखा फुटशल प्रतियोगिता  तथा समापन कार्यक्रमको आयोजना गरिएको न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा पुर्व अध्यक्षहरु जेसि बिनोद सुवेदी, जेसि निशानबाबु कार्की, जेसि लोक्रसाद भण्डारी राजु, जेसि बासुदेव शर्मा, जेसि प्रकाश गौतम, जेसि ईश्वर पाण्डे लगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष जेसि सन्तोष ढकालले जेसि पाठ पढेर सुनाउनुभएको कार्यक्रममा स्वागत जेसि दीपक घिमिरेले तथा कार्यक्रमको सन्चालन महासचिव जेसि रामु रोकाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया