उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई न्यु लाइट माविले सम्मान गर्ने
व्यवस्थापन संकायमा यस क्षेत्रमै सर्वोत्कृष्ट भएको विद्यालयको दावी
तिलोत्तमा । साउन २० गते । तिलोत्तमा १ शंकरनगरमा रहेको न्यु लाइट मा वि.ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा व्यवस्थापन संकाय तर्फ ३.९२ जिपिए. ल्याएको छ । व्यवस्थापन संकायमा अध्ययनरत सिमरिका बोहराले ३.९२ जिपिए ल्याउनु यस क्षेत्रकै लागि गौरव भएको न्यु लाइट मा वि.का प्राचार्य रमेश ज्ञवालीले बताउनु भयो ।
व्यवस्थापन, तथा शिक्षा संकायका विषय लिई अध्ययनरत करिब २०० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएकोमा ८०% विद्यार्थी उत्तीर्ण भएको र सिमरिका बोहरा सहित सुमन –यौपानेले ३.७६, ऋषि ओझाले ३.७१, आयुष्मा सुनारीले ३.६३ जिपीए ल्याई उत्तीर्ण हुनु यस क्षेत्रकै लागी गौरवको बिषय भएको न्यु लाइट मा वि.ले जनाएको छ ।
यसैबीच कक्षा १२ को परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थी सहित शिक्षक कर्मचारीलाई आगामी शुक्रबार बिद्यालयमा सम्मान कार्यक्रम राखिएको शैक्षिक संयोजक राजेन्द्र कुँवरले बताउनु भयो ।
तपाईको प्रतिक्रिया