इनरविल क्लब अफ तिलोत्तमा बर्ष २०२५,२६ मा अध्यक्षको रुपमा रत्ना न्यौपाने रिजाल
तिलोत्तमा,१६ साउन ।
इनरविल क्लब अफ तिलोत्तमा बर्ष २०२५,२६ मा रत्ना न्यौपाने रिजाल अध्यक्षको रुपमा आउनुभएको छ । इनर्ह्विल क्लव तिलोत्तमाको फोर्थ पद हस्तान्तरण कार्यक्रमबाट न्यौपानेले अध्यक्षको पद संहाल्नुभएको हो । पद ग्रहण गर्दै अध्यक्ष न्यौपानेले समाज सेवामा निरन्तर लागिरहने रगत दान,अनाथ आश्रममा सहयोग,बिभिन्न सामाजिक कृयाकलापमा सकृय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । न्यौपानेले हरेक कार्य कुशलतापुर्वक सम्पन्न गर्न सबैको साथको समेत अपेक्षा गर्नुभएको छ ।
कार्यक्रममा अतिथि डिस्टृक घछण् चेयरमेन कमला श्रेष्ठले पछिल्लो समयमा निश्वार्थ सेवा भावले संचालन गरेको यस्ता क्लवले समाजमा सकरात्म शन्देश फैलाउन सकेको दाबी गर्दै अघिल्ला बर्षहरुमा भन्दा धेरै काम गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
त्यस्तै कार्यक्रममा समाजसेवी तथा योग गुरु हरि रिजालले परिवरलाई पनि समय दिन नभ्याउने अवस्थामा समाज पुगिसकेको उल्लेख गर्दै समाजका लागि दिएको यो अमुल्य समयले समाज परिवर्तनमा टेवा पुग्न सक्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथी इनरविल क्लब अफ बुटवलका बर्ष २४,२५ का डिष्टृक चियरमेन आशा श्रेष्ठ ,इनरविल क्लब अफ तिलोत्तमा बर्ष २०२४र२५ का सीता चालिसे, २४,२५ का सचिव कल्पना पाण्डे, तृष्णा श्रेष्ठ, इनर विल क्लवका संथापक अध्यक्ष सपना रेग्मी लम्साल ,इनर विल क्लव तिलोत्तमाका सल्लाहकार प्रभा अर्याल,इनर विल क्लव बुटवलका २०२५,२६ का अध्यक्ष बुलबुल श्रेष्ठ, सदस्यको तर्फबाट भगवती बस्याल भट्टराई लगायतले बोल्नुभएको कार्यक्रमको संचालन इनरह्विल क्लव तिलोत्तमाका बर्ष २०२५,२६ का सचिव सीता भट्टराईले गर्नुभएको हो । भने संपुर्ण कार्यक्रमको संयोजक रेखा चौधरीलेले सहभागि सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया