रोटरी क्लव अफ लुम्बिनीको बर्ष २०२५,२६को प्रेसिडेन्टको रुपमा उमापति भुसाल
बिन्दु भट्टराई,तिलोत्तमा १० साउन ।
रोटरी क्लव अफ लुम्बिनीको बर्ष २०२५,२६को प्रेसिडेन्टको रुपमा उमापती भुसाल आउनुभएको छ । भुसालले शुक्रबार बर्ष २०२५,२६ को प्रेसिडेण्टको सपथ ग्रहणगर्नु भएको हो । सपथ ग्रहणपश्चात बोल्दै भुसालले ५१ हजार १ सय ५१ कालिग्ण्डकि गाउँपालिका वडा नम्बर ५ गुरुन्दी लिहाकको शिरमा रहेको निर्माणाधीन कालिका मन्दिरमा भक्तजनको आवश्यकतालाई मध्यनजर गर्दै सिढी निर्माणका लागि रु ५१ हजार,१सय ५१ सहयोग गर्ने ,विभिन्न अनाथ आश्रममा आवश्यक सहयोग गर्ने , पर्यावरण संरक्षण गर्ने , आफू डेन्टिस्ट भएका कारण पनि मुख स्वास्थ्यलाई मध्यनजर गर्दै समय समयमा निशुल्क हेल्थ क्याम्पहरु संचालन गर्ने,नयाँ सदस्य वृद्धिमा विशेष जोड दिने,र अन्य वर्षभन्दा पृथक बर्षका रुपमा बर्ष २०२५र२६ बनाउने गरि अगाडि बढ्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पास्ड प्रेसिडेन्ट हरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्दै आगामी बर्षलाई बिशेष बनाउन सहयोगको अपेक्षा गर्नुभएको छ ।
त्यस्तै पास्ट प्रेसिडेन्ट सुदिप थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा थापाले अघिल्लो आफ्नो कार्यकालभन्दा सफल कार्यकालका रुपमा क्लवलाइ अगाडि बढाउन शुभकामना दिदै आफ्नो तर्फबाट पुर्ण साथ रहने बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाँक अहमद खाँले सेवाभाव रोटरीको विशेषता भएको भन्दै निरन्तर सेवाभाव बोकेर अगाडि बढ्न सुझाव दिनुभएको छ । प्रमुख खाँले आफु पनि रोटरीयन भएकोले हरेक सेवामा आफुले पनि सहयोगी भावना मिसाउँदै जाने प्रतिवद्धता व्यक्त गर्दै प्रसिडेन्ट भुसाललाई बधाई तथा शुभकामना दिनुभएको छ ।
कार्यक्रममा पाष्ट चार्टर प्रेसिडेण्ट थानेश्वर पाण्डे ,पाष्ट प्रेसिडेन्ट सुरज क्षेत्री,पुरन ज्ञवाली , जितेन्द्रनाथ शर्मा लगायतले सहकार्य र समन्वयका लागि एकताबद्ध भएर काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँहरुले रोटरीको स्वार्थभन्दा माथी सेवा भन्ने भावलाई सदैव स्मरण गर्दै असल कार्यमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया